आरगाउ। स्विट्जरल्याण्डमा रहेका नेपाली दिदी बहिनीका लागि २४ अगष्ट २०२५ आइतबार विशेष दिन बन्ने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्ड महिला फोरमले आयोजना गर्न लागेको हरितालिका तीज विशेष कार्यक्रम आरगाउको स्टाउफेन, Zopfgasse 22 मा भव्य रूपमा हुन भएको छ।
यस पटकको तीजमा विशेष आकर्षण बनेकी छिन् लोकप्रिय नेपाली गायिका रीता के.सी। युरोप भ्रमणमा रहेकी उनी गत वर्षहरू झैँ यस वर्ष पनि आफ्ना चर्चित गीतहरू लिएर स्विट्जरल्याण्डका दर्शक माझ आउने भएकी छिन्। नाचगान, तीजका गीत र रीता के.सीको धमाकेदार प्रस्तुति पक्कै पनि दर्शकलाई रमाइलोमा डुबाउनेछ।
कार्यक्रममा ज्योति रिजाल सुवेदी प्रमुख अतिथि रहने छिन् भने विभिन्न अतिथि तथा स्थानीय संघसंस्थाको उपस्थिति रहनेछ। दिउँसो २ बजे ‘अपेरो’ बाट सुरु हुने कार्यक्रममा सफ्ट ड्रिङ्क र सेतो वाइनको स्वाद लिन पाइनेछ। प्रवेश शुल्क ३५ स्विस फ्राङ्क तोकिएको छ भने आयोजकले तीजकै स्वादिलो दरको नेपाली खाना पनि तयारी गरेको छ।
साँझभरि नृत्य, गीत र रमाइलोले यो तीज विशेष कार्यक्रम राती ९ बजे टुंगिनेछ। आयोजकले यस कार्यक्रमलाई परदेशमा नेपाली संस्कृति झल्काउने र आपसी सम्बन्ध मजबुत पार्ने अवसरको रूपमा लिएको छ।
यसैले, स्विट्जरल्याण्डमा बस्ने जो–कोही नेपाली दिदी बहिनीले यस पटकको तीजलाई अझै स्मरणीय बनाउन चाहनुहुन्छ भने – आरगाउमा हुने यो तीज धमाका छुटाउन नुहनेछ।



