बेर्न। नेपाल युरोपियन स्पोर्टस क्लबको आयोजनामा आउँदो २४ अगष्ट आइतबार अष्ट्रियाको इन्सब्रुक सहरमा भलिबल प्रतियोगिता हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न युरोपेली मुलुकका नेपाली स्पोर्टस क्लबहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा स्विट्जरल्याण्डको हिमालयन स्पोर्टस क्लब, जर्मनीको नेपाल भलिबल क्लब ह्याम्बर्ग, फिनल्याण्डको हिमालयन स्पोर्टस क्लब, नमोबुद्ध स्पोर्टस क्लब, साल्जबर्गको नेपाल कल्चर स्पोर्टस क्लब र आयोजक नेपाल युरोपियन स्पोर्टस क्लब भिड्नेछन्।

विजेता टिमले ४००५ युरो, उपविजेताले २००५ युरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रो हुने टोलीले कप र भलिबल पुरस्कार स्वरूप पाउनेछन्।

स्विट्जरल्याण्डको हिमालयन स्पोर्टस क्लबबाट युनिस पुन, मिङमा शेर्पा, दिलु अर्याल, डम्बर तामाङ, बिजय आले, चक्र तिलिजा, अरुन पुन, ओम गुरुङ र सोनाम शेर्पाले प्रतिस्पर्धा गर्ने भएका छन्।

यसैबीच, प्रतियोगिताको सफल सहभागिताका लागि सहयोग गर्न इच्छुक संघ–संस्था तथा महानुभावहरूले TWINT नं. 079 665 69 49 मार्फत सहयोग गर्न सक्ने जानकारी हिमालयन स्पोर्टस क्लबका डम्बर तामाङले दिएका छन्।

Previous articleप्रा.डा. गणेश आचार्य नेदरल्यान्ड्समा सम्मानित
Next articleएनआरएनए स्विट्जरल्याण्डद्वारा तीज विशेष कार्यक्रम, गायिका रीता केसीको सांगीतिक प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here