बेर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्डको २०२५–२०२७ कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको शपथग्रहण तथा पद हस्तान्तरण समारोह १९ जुलाई शनिबार बेर्नमा सम्पन्न भएको छ।
समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शिवाकोटीले गरेका थिए। उनले संस्थाको निरन्तरता, पारदर्शिता तथा नेपाली समुदायको एकतामा जोड दिँदै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।
कार्यक्रममा निर्वाचन पर्यवेक्षक तथा पूर्व अध्यक्ष, आइसीसी सदस्य एवं युरोप क्षेत्रका सचिव भुवन अर्यालले नव निर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराए।
नव निर्वाचित अध्यक्ष विष्णु प्रसाद थापाले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध गर्दै एनआरएनए स्विट्जरल्याण्डलाई सबै नेपालीहरूको साझा मञ्चको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।




