जुरीख। नेपाली समुदायका माझ लोकप्रिय कथा वाचक, प्रेरक वक्ता तथा गहकिलो स्वरका धनी साईग्रेस पोखरेल (Saigrace Pokharel) पहिलो पटक स्विट्जरल्याण्डको जुरीखमा नेपाली स्रोतामाझ प्रत्यक्ष रुपमा देखिन लागेका छन्। साईग्रेस सँगको अन्तरंग भेटघाट तथा प्रेरणादायी जीवन कथा सुन्ने अवसर २६ जुलाई २०२५, शनिवारका दिन Restaurant Silberkugel, Bleicherweg 33, 8002 Zurich मा आयोजना गरिएको छ।

कार्यक्रम साँझ ५:०० बजेबाट सुरु हुनेछ। आयोजक टोलीले स्विट्जरल्याण्डमा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन सादर आमन्त्रण गरेको छ।

साईग्रेस पोखरेलको विशेषता

साईग्रेस पोखरेल केवल कथा वाचक मात्र होइनन्, उनको शब्द चयन, स्वरको गहिराई, र मन छुने प्रस्तुति शैलीले हजारौं स्रोताको मन जितिसकेको छ। उनले युवालाई आत्मविश्वास दिलाउने, समाज प्रतिको जिम्मेवारी बुझाउने र जीवनको कठिन घडीमा हिम्मत नछाड्न प्रेरणा दिने खालका कथा वाचन गर्छन्। डिजिटल माध्यममार्फत विश्व भर फैली सकेका उनका प्रस्तुतिहरू लोकप्रिय छन्।

प्रवेश निःशुल्क रहेको यस कार्यक्रमको अवधि भर सहभागीहरूले आफ्नै खर्चमा पेय पदार्थ तथा भोजनको उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रमका लागि सम्पर्क:

  • अर्जुन बास्तकोटी – 0763986036
  • सर्बज्ञ लम्साल – 0763732413
  • सीमा गौतम – 0788192736

सबै स्विट्जरल्याण्डवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न आयोजक समितिले हार्दिक आमन्त्रण गरेको छ।

Previous articleरवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधको विरोधमा रास्वपाको हस्ताक्षर अभियानलाई व्यापक समर्थन, स्विट्जरल्याण्डबाट समेत ऐक्यबद्धता
Next articleएनआरएनए स्विट्जरल्याण्डको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here