बिहिबार जापानले लामो समय देखिको प्रतिक्षित प्रतिस्थापन जासूस उपग्रहको सफलतापूर्वक परिक्षण गरेको छ ।

यसअघि सन् १९९८ मा उत्तर कोरियाले जापानी भूमिमा आक्रमण गरेपछि सन् २००० देखि जापानले यसको तयारी गरेको थियो ।

आज विहान १०:२१ बजे गरिएको सो परिक्षण विना क्षति सफल भएको एरोस्पेस एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार जापानी एरोस्पेस एजेन्सी तथा मित्सुविसी उद्योगको सहकार्यमा दक्षिणपश्चिम जापानस्थित तानिगासिमाबाट सो एह-२ए रकेट परिक्षण गरिएको हो ।

एरोस्पेस एजेन्सीका एक प्रवक्ताका अनुसार सो परिक्षण कार्य संस्थाले सोचे अनुरुप राम्रो भएको थियो ।

उनका अनुसार दुई अप्टिकल उपग्रह र तीन राडार उपग्रह गरि जापानले पाँच ओटा उपग्रहहरु परिक्षण गरिएको हो ।

-नेपाल जापान डट कम

Previous articleजर्मनविङ्सको विमान कोपाइलटले नियतबस दुर्घटना गराएको पुष्टि
Next articleडा. केसीको स्वास्थ्य कमजोर बन्दै, अनशनप्रति समर्थन बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here