पेरिस— १५० जनाको मृत्यु हुने गरी भएको जर्मनविङ्स विमान दुर्घटना को-पाइलटले जानीजानी गराएको पुष्टि भएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार को-पाइलटले ककपिटको ढोका थुनेर बाहिर गएका पाइलाटलाई ककपिटमा भित्र पस्न दिएका थिएनन्। भ्वाइस रेकर्डअनुसार पाइलटले ककपिटभित्र प्रवेश गर्न ढोका ढकढक्याउँदै निकै प्रयास गरेका थिए।

अनुसन्धानमा संलग्न फ्रान्सेली अनुसन्धानकर्ता ब्रिक रोविनले को पाइलटका कारण विमान दुर्घटनामा परेको प्रस्ट पारे। ‘को पाइलटले जानी जानी विमानलाई ध्वस्त बनाएको हो’, उनले भने।
फ्रान्सेली सहर मार्सेका सरकारी अधिकारीले यो कुराको पुष्टि गरेका हुन्।
मंगलबार जर्मनविङ्सको एयरबस ३२० विमान फ्रान्समा दुर्घटना भएको थियो। सो दुर्घटनामा विमान सवार १५० जनाको मृत्यु भएको थियो।

-नागारिक न्युज

 

Previous articleरोजगारीका लागि कतार गएका १५ नेपाली अलपत्र
Next articleजापानद्वारा बहुप्रतिक्षित प्रतिस्थापन जासूस उपग्रह परिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here