बेर्न। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्डको १६औं वार्षिक अधिवेशन २२ जुन २०२५ आइतबारको दिन भव्य रुपमा सम्पन्न भएको छ। स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न अधिवेशनमा नेपाली राजदूत राम प्रसाद सुवेदी प्रमुख अतिथिको रूपमा उपस्थित रहे भने कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न भयो।

अधिवेशनमा संघका पूर्वपदाधिकारीहरू, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। अधिवेशनका क्रममा कोषाध्यक्ष बिनु सुनवारले संघको आर्थिक प्रतिवेदन पेश गर्दै संघको खातामा हाल १४,९०६.२४ स्वीस फ्रान्क बचत रहेको जानकारी दिइन्।

संघको निर्वाचन समितिले २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेएको छ। अध्यक्षमा विष्णु प्रसाद थापा चयन भएका छन्। उपाध्यक्षमा जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन, कोषाध्यक्षमा बिनु सुनवार चयन भएका छन्। युवासंयोजकमा आशिष परियार, महिला संयोजकमा बन्दना प्रजापति तथा सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी रहेका छन्।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आईसिसि सदस्यमा शुभ एल्मर लामा निर्विरोध चयन भएकी छिन्।

निर्वाचन समितिमा प्रमोद भट्ट संयोजक रहेका थिए भने सदस्यहरूमा सर्वज्ञया लमसाल, भूमि गुरुङ र शुक्र श्रेष्ठ थिए। पर्यवेक्षकको रुपमा गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका आईसीसी सदस्य शुभ एल्मर लामा उपस्थित थिईन।

संघले नयाँ कार्यसमितिको सपथग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम १९ जुलाई २०२५ शनिबारका दिन हुने जानकारी दिएको छ।

कार्यक्रमको समापनमा जर्मनी निवासी चर्चित गायक तुलसी शिवाकोटीले सांगीतिक प्रस्तुति दिएका थिए। युरोपभर चर्चित रहेका शिवाकोटीले आफ्ना लोकप्रिय गीतहरूमार्फत दर्शकको मन जितेका थिए। उनले युरोपका अधिकांश मुलुकहरुमा पुगेर आफ्नो सांगितिक प्रस्तुति दिइसकेका छन्। साथै, स्थानीय कलाकारहरुले नृत्य र गायन प्रस्तुत गरेका थिए।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको साधारण सभा र गायक तुलसी शिवाकोटीको सांगीतिक प्रस्तुति हुने
Next articleZNSC द्वारा चौथो पिङ्ग पङ्ग प्रतियोगिता २०२५ आगामी अगस्ट २३ मा जुरीखमा आयोजना हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here