बर्न। गैर-आवासीय नेपाली संघ (NRNA) स्विट्जरल्याण्डको राष्ट्रिय समन्वय परिषद् (NCC) ले २०२५ को वार्षिक साधारण सभा (AGM) तथा २०२५ देखि २०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम २२ जुन २०२५, आइतवार बर्न स्थित Gemeinschaftszentrum der Kirchgemeinde Petrus, Jupiterstrasse 15, 3015 Bern मा दिउँसो १३:३० देखि राति २१:०० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा साधारण सभा, आगामी नेतृत्वको निर्वाचन तथा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ।
यससँगै कार्यक्रमको विशेष आकर्षणको रूपमा लोकप्रिय नेपाली गायक तुलसी शिवाकोटी को प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत आयोजना गरिएको छ।
एनआरएनए स्विट्जरल्याण्डले स्विट्जरल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइ संस्थागत विकासमा योगदान पुर्याउन र सांगीतिक कार्यक्रमको आनन्द लिन आग्रह गरेको छ।



