बेर्न। तामाङ समाज स्विट्जरल्याण्डको आयोजनामा आगामी मे १७ तारिख, शनिवार, बुद्ध जयन्तीको अवसर पारेर विशेष विश्व शान्ति पुजा कार्यक्रम हुने भएको छ। स्विट्जरल्याण्डको राजधानी बेर्न स्थित Inter-Buddhistischer Verein Haus Der Religion, Europaplaz 1, 3008 Bern मा आयोजना गरिने उक्त पुजा कार्यक्रम दिउँसो १३:०० बजे सुरु भई १६:०० बजे समापन हुनेछ।

यस कार्यक्रममा लामा गुरुहरूद्वारा विश्व शान्तिको कामना गर्दै पुजा सञ्चालन गरिनेछ। सहभागीहरूका लागि पुजापछि प्रसाद तथा चिया-पानीको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

तामाङ समाज स्विट्जरल्याण्डले सम्पूर्ण स्विसबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई विश्व शान्तिको कामनामा सहभागी हुन आग्रह गरेको छ।

समय: दिउँसो १३:०० देखि १६:०० सम्म
स्थान: Inter-Buddhistischer Verein Haus Der Religion
Europaplaz 1, 3008 Bern

Previous articleकसैले सोध्छ, के उद्देश्य हो? मेरो एउटै उत्तर हुन्छ।नेपालमा सहयोग पुर्‍याउने: जनार्दन गौतम
Next articleस्विजरल्याण्डमा सगरमाथा आरोहीहरू सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here