जुरीख। स्विट्जरल्याण्डको बेटिङगेनमा बसोबास गर्दै आएका जनार्दन गौतमले नेपालका गाउँघरका बालबालिकाको शिक्षामा टेवा पुर्याउने उद्देश्यले जेजी फाउन्डेसनमार्फत निरन्तर सहयोग गर्दै आएका छन्।
“बच्चाहरू रुख मुनी बसेर, घाममा गोलोबद्ध भएर पढिरहेका देख्दा, जब पानी पर्दा वा चर्को घाम लाग्दा कक्षा छुट्टी हुन्छ, शिक्षकहरू अलपत्र पर्छन् — त्यही अवस्थाले स्कुल भवन बनाउन प्रेरणा दियो,” गौतमले बताए।
“कसैले सोध्छ, के उद्देश्य हो? मेरो एउटै उत्तर हुन्छ—नेपालमा सहयोग पुर्याउने,” गौतम भन्छन्।
व्यक्तिगत खर्च, परिवारको जन्मदिनको रकम, र आफ्नै हिमालयन ट्राभल व्यवसायबाट प्राप्त नाफाबाट उनले जेजी फाउन्डेसनमार्फत सहयोग संकलन गर्दै आएका छन्।
जेजी फाउन्डेसनले हालसम्म ६० लाख नेपाली रुपैयाँ बराबरको सहयोग नेपालमा पठाइसकेको छ। फाउन्डेसनले विद्यालय भवन निर्माणसँगै, स्वास्थ्य शिविरहरू, र सामाजिक सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।
नेपालस्वीस डट कमले जनार्दन गौतम र जेजी फाउन्डेसनको कार्यलाई उजागर गर्दै तयार पारेको भिडियो हेर्नु होस्।



