आरगाउ। गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस २०२५ विशेष कार्यक्रम हुने भएको छ। “लैङ्गिक समानताका लागि तीव्र कार्यान्वयन” भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

आगामी २ मार्च २०२५, आइतबार का दिन Zopfgasse 22, 5603 Staufen, Aargau मा आयोजना हुने कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा डा. मीरा निरौला प्रमुख अतिथि र श्रीमती ज्योति रिजाल सुवेदी र महामहिम रामप्रसाद सुवेदी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनेछन्।

कार्यक्रम १३:०० बजे अपेरोबाट सुरु गरिनेछ। संगीतप्रेमीहरूका लागि कुसुम लामा र आशिष कान्छाको विशेष प्रस्तुति मुख्य आकर्षण रहनेछ। कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न सांगीतिक प्रस्तुति समेत राखिएको छ।

आयोजकले कार्यक्रमको सफलताका लागि उपस्थित हुन सबैलाई अनुरोध गरेको छ।

प्रवेश शुल्क: सर्वसाधारणका लागि ३० स्वीस फ्रान्क, विद्यार्थी तथा १२ वर्ष माथिका का लागि २० स्वीस फ्रान्क तोकिएको छ।

थप जानकारीका लागि चम्पा ग्यावली रुक्स्टुल: ०७९ २९२ ६० ९८ बिनिता सुनार: ०७९ ५५२ ०७ २० शुभ एल्मर लामा: ०७९ ८३२ ७५ ७७ सम्पर्क गर्नु आयोजकले अनुरोध गरेको छ।

Previous articleस्विट्जरल्याण्डमा तामाङ समाजद्वारा भव्यरुपमा सोनाम ल्होसार सम्पन्न
Next articleएनआरएनए स्विट्जरल्याण्डको २०२५-२०२७ को लागि नयाँ सदस्यता दर्ता खुल्ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here