आरगाउ। तामाङ समाज स्विट्जरल्याण्डले हरेक वर्षझैं यस वर्ष पनि तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार भव्यताका साथ मनाएको छ। यही ८ फेब्रुअरी, शनिबार कान्टोन आराउको रुतिहोफ मा मञ्जुश्री संवत् २८६१ डुल (सा पुख्री) सोनाम ल्होसार विविध सांस्कृतिक कार्यक्रमसहित भव्यरुपमा सम्पन्न भएको हो।

तामाङ परम्परा अनुसार लामाहरूको पूजापाठ पश्चात् कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। तामाङ समाज स्विट्जरल्याण्डका अध्यक्ष केर्सिङ तामाङले उपस्थित सम्पूर्ण पाहुनालाई स्वागत गर्दै मन्तव्य व्यक्त गरे।

कार्यक्रममा गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका आईसीसी सदस्य शुभ एल्मर लामा, स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल, तथा स्विट्जरल्याण्डमा लामो समयदेखि बसोबास गर्दै आएका दिलीप लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

सांस्कृतिक कार्यक्रममा गिटारिस्ट आशीष परियार र गायिका कुसुम लामाले सांगीतिक प्रस्तुति दिए।

त्यसैगरी, युरोपभर चर्चित गायक सुभाष सुन्दास, लिड गिटारिस्ट रामु परियार, तथा काहोन वाद्यवादक नारायण रानाभाट सम्मिलित टोलीले विशेष प्रस्तुति दिँदै माहोललाई संगीतमय बनाए।

कार्यक्रमको अर्को आकर्षण पोर्चुगलबाट आएका चर्चित गायक कुन्साङ वाइबाको तामाङ सेलो गीत प्रस्तुति रह्यो, जसले उपस्थित दर्शकहरूलाई नाच्न बाध्य बनायो।

कार्यक्रमको संचालन डम्बर तामाङले गरेका थिए।

यस भव्य कार्यक्रमले स्विट्जरल्याण्डमा रहेका नेपाली तथा तामाङ समुदायलाई सांस्कृतिक रूपमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

Previous articleतामाङ समाज स्विट्जरल्याण्डद्वारा सोनाम ल्होसार २०२५ भव्य रूपमा मनाइने
Next articleस्विट्जरल्याण्डमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को आयोजना हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here