बेर्न। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले भूकम्प पीडितहरूका लागि राहत सामाग्रीहरू वितरण गरेको छ। पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले आर्थिक सहयोग संकलन गरी नेपाली रु ६ लाख बराबरको राहत सामाग्रीहरू वितरण गरी सहयोग गरेको हो।

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद काठमाण्डौको समन्वयमा जाजरकोटको कुशे गाउँपालिका वडा नं ३ डतिवर भन्ने ठाउँमा पीडितहरुको मागअनुसार यही डिसेम्बर २०२३ शनिवारको दिन सिरक ३०० थान, बच्चाहरूको लागि सानो बल्यान्केट ४० थान, महिलाहरुको लागि पछ्यौरा १५० थान र महिलाहरको लागि स्विटर १५० थान राहत सामाग्रीहरू वितरण गरेको संघले जानकारी गराएको छ।

आर्थिक सहयोग संकलनबाट उठेको बाकी लगभग ६ लाख नेपाली रुपैयाँ भूकम्प पीडितहरूको पुननिर्माणको लागि पठाउने संघले जाकारी गराएको छ।

Previous articleजुरीख नेपाली स्पोर्टस क्लबको आयोजनामा तिहार कार्यक्रम सम्पन्न
Next articleतामाङ समाज स्विट्जरल्याण्डको आयोजनामा ल्होसार कार्यक्रम हुने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here