जुरीख। जुरीख नेपाली स्पोर्टस क्लबको आयोजनामा जुरीखमा बिभिन्न कार्यक्रम गरी शनिवार तिहार मनाइएको छ। क्लबले देउसी-भैलो कार्यक्रम आयोजना गरी प्रथम पटक तिहार कार्यक्रम मनाएको हो।

कार्यक्रममा उपस्थित बालबालिकाहरू लाई खेल खेलाई तिहार कार्यक्रम सुरु गरेको थियो। पर्वत समाजका नव निर्वाचित अध्यक्ष गुणराज शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

देउसी भैलो र चिट्ठा कार्यक्रमले तिहार कार्यक्रमलाई रमाइलो बनाएको थियो। देउसी भैलोबाट ५७५ स्वीस फ्रान्क उठेको र उक्त रकममा क्लबले रकम थप गरी १५०० स्वीस फ्रान्क भूकम्प पीडितहरूका लागी नेपाल पठाउने नव निर्वाचित क्लबका अध्यक्ष लोकेन राना मगरले जानकारी गराए।

प्रथम, दोस्रो र तेस्रो पुरस्कार राखि तिहारको उपलक्ष्यमा चिट्ठा कार्यक्रम आयोजना गरेको थियो।

स्थानीय कलाकारहरुले नृत्य र गायन प्रस्तुत गरेका थिए।

जुरीख नेपाली स्पोर्टस क्लबको नयाँ कार्यसमितिमा अध्यक्ष लोकेन राना मगर, महासचिव दिर्घश्रीष मगर, कोषाध्यक्ष तेम्पा गुरुङ, सदस्यमा दल पुन, रामकुमार महत्तो, केशव लिम्बु, हेम गुरुङ, संरक्षकमा देव राई र सल्लाहकारमा गुणराज शर्मा रहेको क्लबको अध्यक्ष लोकेन राना मगरले जानकारी गराए।

Previous articleजुरीखको सिबाखमा देउसी भैलो (फोटोफिचर)
Next articleएनआरएनए स्विट्जरल्याण्डद्वारा भूकम्प पीडितहरुका लागि राहत सामाग्रीहरू वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here