अराउ। तामाङ समाज स्विट्जरल्याण्डको आयोजनामा यहि १० फेब्रुअरी २०२४ शनिवारको दिन बादेनमा  सोनाम ल्होसार कार्यक्रम हुने भएको छ।

गत बर्ष झै यो वर्ष पनि तामाङ समाज स्विट्जरल्याण्डले सोनाम ल्होसार कार्यक्रम आयोजना गर्न लागेको हो। प्रवासी भूमिमा मनाइने ल्होसार कार्यक्रमलाई आकर्षक र रमाईलो बनाउन यस पटक नेपालबाट गायक विजय लामा आफ्नो प्रस्तुति दिन आउने कार्यक्रम तय भएको समाजले जानकारी गराएको छ।

स्थान Reformierte Kirche Badenplus, Oelrainstrasse 21, 5400 Baden मा हुने कार्यक्रम दिनको ११:०० बजे देखि कर्यक्रम आरम्भ गरी रातको २३:०० बजे सम्म बिभिन्न सांगीतिक कार्यक्रम हुने आयोजकले जानकारी गराएको छ।

प्रवेश शुल्क ३५ स्वीस फ्रान्क, १२ देखि १८ वर्षको लागि २० स्वीस फ्रान्क र १२ वर्ष मुनिहरुका लागि शुल्क फ्रि रहेको छ।

स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा नेपाली दाजु भाई दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरि दिनका लागि समाजले आग्रह गरको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डद्वारा भूकम्प पीडितहरुका लागि राहत सामाग्रीहरू वितरण
Next articleस्वीस-नेपाली समाजको साधारण सभा जुरीखमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here