बिष्णु सापकोटा, बेल्जियम। अन्तराष्ट्रीय साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा आगामी अगष्ट १६ र १७ मा हुन गैरहेको यूरोप स्तरीय साहित्य सम्मेलन को प्रचार प्रसारको क्रममा नेपाली परिवार गेन्ट को संयोजनमा गत आईतबार का दिन गेन्ट शहरमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली परिवार गेन्टका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेसास बेल्जियम का अध्यक्ष दिपेन्द्र के सी को प्रमुख आतिथ्यता सहित सस्थाका अन्य सदस्य लगाएत गेन्ट नेपाली परिवार हरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख आतिथि को आसन बाट बोल्दै आगामी अगष्ट मा हुन् गैरहेको यूरोप स्तरीय सम्मेलन मा नेपाली परिवार गेन्ट को तर्फ बाट के कस्तो सहयोग, सुझाव, सल्लाह तथा कसरी सभ्य र भब्य सम्पन्न गर्ने भन्ने अभिप्रायका साथ गेन्ट बासी नेपाली सामु उपस्थित भएको बताएका थिए । उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई नेपाली परिवार गेन्ट की सदस्य श्रीमती हरी भट्टराईले आफ्नो स्वागत मन्तब्य द्वारा स्वागत गर्नुको साथै आगामी सम्मेलन लाई सस्थाको तर्फ बाट पूर्ण सहयोग रहने बताउदै प्रवासको भूमिमा यस्ता कार्यक्रमले नेपाली भाषा साहित्य प्रतिको जगेर्ना गर्नमा अझ उत्प्रेरणा मिल्ने बताइन । गेन्ट नेपाली परिवारका सचिव रमेश पौडेल ले संचालन गरेको उक्त कार्यक्रमा श्रष्ठा हरु क्रमश: मुना ढुंगाना, पार्वती शर्मा (पारू), राजेन्द्र देवकोटा, बसन्त ढुंगाना, बिष्णु सापकोटा, मोहन खत्री, सौरभ कारन्जित, यामु निरौला, दिपेन्द्र के सी र रबिन्द्र घले (रमेश पौडेलले बाचन) आ-आफ्नो रचना बाचन गरेका थिए। डा. राजु श्रीवास्तव, यमु निरौला, गेण्ट परिवारकाअध्यक्ष कृष्ण पराजुली साथै सचिव रमेशराज पौडेलले सम्मेलन बारे अति मननयोग्य सुझावले समेत राखेका थिए।

11076203_10205856850077670_1169166672_n

नेपाली भाषा साहित्य लाई प्रवासमा जीवन्त राखी आगामी पुस्तालाई नेपाली भाषा साहित्य तर्फ कसरी आकर्षण गर्न सकिन्छ साथै कसरी सहज हस्तान्तरण गर्न सकिन्छ र डायस्पोरामा रहेर भाषा साहित्यको बिकास, सम्वर्धन तथा  नेपालमा यसको योगदान र कदरको बारेमा सूचित गर्नु आगामी सम्मेलनको मुख्य उद्धेश्य रहेको बताईएको छ । सम्मेलनले प्रवासमा रहेका श्रष्ठाहरुको रचना संकलन गरि ग्रन्थ समेत प्रकाशन गर्ने बताईएको छ । सम्मेलनमा नेपाल,  अमेरिका बाट समेत ख्याती प्राप्त साहित्यकारहरुको बिशेष उपस्थिति रहने जनाईएको छ ।

Previous articleफेसबुक र यसले मडारिएको कालो बादल
Next articleयूरोपेली संघको मुख्यालय अगाडी नेपाली संघर्ष समितीले प्रदर्शन गर्दे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here