केजिन राई,ब्रसेल्स, बेल्जियम। सयुक्त संघर्ष समिति बेल्जियममा आबद्ध संघ सस्थाहरूद्वारा ब्रसेल्स बेल्जियम स्थित यूरोपियन युनियन,युरोपियन काउन्सिल ,युरोपियन कमिसनको केन्द्रीय कार्यालय  परिसरमा  नेपालको बिबिध पहिचान झल्काउने झाकी प्रदर्शन गर्दै ध्यानाकार्षण गर्ने भएका छन् ।                       
सोही समय यूरोपियन यूनियन ,यूरोपियन कमिसन,यूरोपियन पार्लियामेन्ट,यूरोपियन परिषदको कार्यालयमा झाँकी सहित सो समितीको जुलूसले नेपालमा पहिचान सहितको संघीय संबिधान हुनु  पर्ने उल्लेख  गर्दे स्मरणपत्र बुझाऊने कार्यक्रम रहेको छ । नेपालमा हाल जारीरहेको पहिचान र संघीयता पक्षधरहरूको राष्ट्रिय आन्दोलनलाई उर्जा दिन र सहयोग पुराउने उदेष्यले तिस दलीय गठबन्धन तथा आदिबासी जनजाति राष्ट्रीय आन्दोलन पद्मरत्न समितिलाई सहयोग गर्न बनेको सो समितिले चरणबद्द संघर्षको कार्यक्रम गर्ने भएका हुन् ।
यसै हप्ता बेल्जियमको अन्तोर्पेंन शहरमा आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष  पिजी शेर्पाको सयोजकत्वमा  बसेको सयुक्त संघर्ष समितिको बैठकले सो निर्णय गरेको बताईएको छ ।
नेपाली जनताको हक अधिकार नयाँ संविधानमा लिपिबद्ध गरी सुनिश्चित गराउन आ-आफनो तर्फबाट र क्षेत्रहरूबाट सक्रिय भूमिका निर्वाह गर्दै ऐतिहांसिक पहिचानवारे नेपाली र बिदेशी समुदायमा व्यापक प्रचार प्रसार गर्दै ध्यानाकार्षण,  आन्दोलन र संघर्ष  चरणबद्ध रूपमा अघि बढने गर्ने निर्णय गरियो, एकिकृत माओबादी समर्थित नेपाली जनप्रगतिशील  मंच बेल्जियमका अध्यक्ष चित्र सुबेदीले अगाडी भने । नेपालको आन्दोलनलाई सघाउ पुग्ने महत्वपूर्ण आर्थिक पाटोलाई मध्यनजर राख्दै मगरात मुक्तिमोर्चा युरोप ईन्चार्ज बिरमान घर्ती मगरको संयोजकत्वमा आर्थिक संकलन समिति समेत गठन गरेका छन ।

समितिका अन्य सदस्यहरूमा होम गुरूंग – लुभेन, आंग दोर्जी सोनाम शेर्पा – लुभेन, कृष्ण पौडेल – आन्तवेरपेन,मणी राई  –  आन्तवेरपेन, चित्र सुवेदी – आन्तवेरपेन ,डम्बर लिम्बु – ब्रुज, कमल भारती – ब्रुज, भीम सुवेदी  – ब्रसेल्स, पि. जी. शेर्पा – ब्रसेल्स, सुमन निउरे  – गेन्ट रहेका छन्।
समितीको सो  बैठकले लुभेन युनिभर्सिटीको आमन्त्रणमा बेल्जियम आउने मिचिगन बिश्वबिध्यालय अमेरिकाका प्राध्यापक डा. महेन्द्र लावतीसंग नेपाल र नेपालको संविधानमा संघीयता र पहिचानवारे बृहत प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम लुभेन स्थित ओन्ज हाऊसमा २१ मार्चका दिन गर्ने निर्णय समेत गरेको छ ।
आदिवासी जनजाति महासंघ, बेल्जियमको अध्यक्ष पि. जी. शेर्पाको संयोजकत्वमा यस अघि नै गठित ‘संयुक्त संघर्ष समिति, बेल्जियम’का अन्य सदस्यहरूमा जन प्रगतिशील मन्च, बेल्जियम अध्यक्ष चित्र सुवेदी, नेपाली संघीय समाज, बेल्जियम अध्यक्ष नेत्र मगर,तमु समाज, बेल्जियम कोषाध्यक्ष राम घले, तामांग समाज, बेल्जियम अध्यक्ष राम लामा, शेर्पा किदुक बेल्जियम अध्यक्ष सोनाम आड० दोर्जी शेर्पा,विश्व मगर संघ, बेल्जियम कोषाध्यक्ष लोक राना मगर, सिक्लेस पार्चे कल्याण, बेल्जियम जीत विजय गुरूंग,मगर राष्ट्रिय मुक्ति मोर्चा,यूरोप इञ्चार्ज वीरमान घर्ती मगर,नेपाली प्रगतिशिल महिला मंच बेल्जियम अध्यक्ष निर्मला बजगाई ,नेपाली संघीय समाज, बेल्जियम सल्लाहकार तथा तमू समाज पूर्व अध्यक्ष श्रीप्रसाद गुरूंग,नेपाली संघीय समाज, बेल्जियम उपाध्यक्ष फुला शेर्पा,तमु समाज बेल्जियम सदस्य  जुमकाजी गुरूंग,त्यसैगरी , अध्यक्ष मनिष गुरुङ जनजाति सरोकार मंच बेल्जियम ,किरात राष्ट्रिय मुक्ति मोर्चा , यूरोप इन्चार्ज गम बहादुर गुरुङ तमू राष्ट्रिय मुक्तिमोर्चा  , कृष्ण तिवारी अध्यक्ष लोकतान्त्रिक गणतान्त्रिक  मोर्चा बेल्जियम ,संघिय समाज उपाध्यक्ष एबम किरात राई यायोक्खा बेल्जियम सयोजक मणि राई , बिष्णु कुमारी आंगदम्बे  अध्यक्ष एकिकृत संघीय लिम्बुवान पार्टी बेल्जियम,  शेर्पा किदुक बेल्जियम सदस्य कान्छा शेर्पा रहेका छन् ।
तस्बीर :गंगा राना

Previous articleअनेसास बेल्जियमले गर्यो गेष्ट बासीहरुका बीच साहित्यिक कार्यक्रम
Next articleनेपाल विरुद्ध दिल्लीका ३ मोडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here