संसार भरि  सामाजिक संजाल  हुन  सफल भएको   फेसबुक  ले याहु मेल , हटमेल लाइ उछिन्दै  आफ्नो सामाजिक संजाल मार्फत व्यवसाय सफल गरेको छ। साथै  सर्ब साधारण देखि करोडपति  सम्म , व्यवसायिक देखि राजनीतिज्ञ सम्म  अनि  गोप्य कुराहरु समेत आदान प्रदान गर्न  मात्र नभई   भेट  नै नभएका साथि बिच मित्रता कायम गरेको छ  यसलाई  हामीले  यस सताब्दीको सफल सामाजिक संजाल  मान्नु पर्दछ। 

हामीले भेट हुन नसकेका  साथि भाइ  बिच को सम्पर्क मात्र होइन  चिन्दै नचिनेका  साथि बीच को मित्रता  कायम गर्दै हामीले  यसै सामाजिक संजाल मार्फत व्यवसायको लगाम लाइ अझ बढाउन  यसले सहयोग गरेको छ। अपरिचित युबा युवती  को  बीच  परिचय  गराउदै   प्रेम पत्रको  माद्यम मात्र होइन  यसले सफल  बैबाहिक सम्बन्ध राख्न सफल बनाएको छ।  तत्काल कुनै पनि गोप्य  कुराहरु  एक जना लाइ पनि थाहा नहुने गरि  तत्काल पथाउना सकिने र भएको म्यासेज लाइ तुरुन्तै  फ्याक्न सकिने समेत व्यवस्था  गरेको  छ साहेद यहीकारण ले गर्दा पनि होला  फेसबुक  आज  अध्ययन  नै नभएका व्यक्ति ले समेत चलाउने गरेको हामि व्यापक देखेका छौ। 

सबै कुराको सकारात्मक पक्ष  जति हुन्छ  त्यति नै नकारात्मक पक्ष  पनि हुन्छन। फेसबुक आज यस्तो खतरनाक  बनेको छ यसले कति को घरबार नै बिगारेको छ त् कतिका कुरा हरु बाहिर ल्याईदिएको छ।  फेसबुक  एक  कुरौटे  सामाजिक संजाल बनेको छ  किनकी  हामीले तपाइको फोटो मा  मन पर्यो भनेर  लाइक  गर्नु भयो भने  सबैलाई जानकारी दिन्छ जसले गर्दै पारिवारिक  व्यक्तिमा समेत असर पर्ने प्रवल सम्भाबना  हुन्छ।  नक्कली फेसबुक  को आईडी खोलि एकले   अर्को  लाइ आवस्यक या अनावस्यक  म्यासेज पठाएर दिक्क  मात्र होइन  घर परिवार लाइ नै  शंका  हुने गरि अनावस्यक म्यासेज ले दुख  दिएको छ  यो कुराको ख्याल  हुन सकेको छैन। 

अधिकांस  युबा युबतिको प्रेमी को लमी बन्न  समेत सफल हुन् पुगेको फेसबुक  ले  आज कसले कसको फोटो लाइक गर्यो  जस्ता साना कुराको समेत पोल खोलिदिने हुनाले  यस्ता  साना कुरा हरुबाट समेत फेसबुक को  माद्यम बाट परिचित  प्रेम प्रेमी हरु फेसबुक बाटै ध्वस्त  बनेका छन्। उपन्यास  समर लब  भित्रको साया ले  जसरि अतित  लाइ धोका दिएको छ त्यसरीनै फेसबुक ले हजार  सायाको जन्म  दिने र  जन्मेर युबा हुन नपाउदै  मार्ने  काम पनि फेबुक बाट भएको कारण ले  भएको छ। फेसबुक  जसरि मौलाएको छ  त्यसरीनै  फेसबुक बौलाएको पनि छ। 

फेसबुक हामीले गर्ने नहुने काम 

सर्ब साधारण या  ठुला हु भन्ने ले  यी कुरा हरु लाइ ख्याल गर्ने पर्दछ। फेसबुकमा  जहिले पनि आफ्नो जन्म स्थान या  जन्म  मिति सहि राख्नु उचित हुदैन  किनकि  खराब  व्यक्ति ले तपाइँ लाइ पछि  लाग्न  नसकोस। फेसबुक मा  कहिले पनि सम्पति  को धाक र आफ्ना छोरा छोरि को राम्रो ब्याख्या  गरि  घमण्ड  नराख्नु  किनकी यसमा  पनि खराब व्यक्ति तपाइको पछि लाग्न सक्छ। म लुकेर त हो  नि मेरो आईडी  नक्कली हो  भनि  कसैलाई पनि गालि गलौज नगर्नु किनकी फेसबुक ले तपाइको  बारेमा  उसलाई जानकारी दिई राखेको हुन्छ   जसले गर्दा तपाई समातिना सजिलो हुन्छ। मलाई कसले चिन्छ र भनी  कुनै आतंककारी  को फोटो राखी आफु  ठुलो बन्ने काम नगर्नु किनकि  तपाइँ  जति सुकै ईमान्दार भएता पनि तपाई को पछि पुलिस  लागि  अनुसन्धान मा पर्नु होला र  बेकारको झन्झट  मा फस्नु हुनेछ। परिवार  छ भने आफ्नो आइडी  र पास वोर्ड  परिवार लाइ पनि दिने गर्नु किनकि  तपाई  परिवार भित्रको सम्बन्ध  सधै राम्रो बनोस नत्र शंकाको हिसाब ले तपाइको घर मा  वैमनस्यता  आउन सक्छ  र घरमा सधै झगडा  र शंकाको छाया मुनि रहनु पर्ने हुन्छ। आफ्नो  परिवारको सिंगल  फोटो फेसबुकमा अप लोड  नगर्नु होला किनकि  तपाइको फोटो  चोरी हुदै अनावस्यक  दुरुपयोग हुने सम्भावना  बढी  हुने छन्।

नोटः फेसबुक को आइडी  र पास वोर्ड  सजिलै पत्ता लगाउन सक्ने भएको कारण होस् पुर्याएर चलाउदा  उपयुक्त  होला। 

-जगन्नाथ  डाँडा  कटेरी, स्पेन 

Previous articleकोलोराडोमा एमआरपीकोलागि चहल पहल बढ्दो
Next articleअनेसास बेल्जियमले गर्यो गेष्ट बासीहरुका बीच साहित्यिक कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here