जुरीख। यही आउँदो २८ मे आइतवारको दिन स्विट्जरल्याण्डको बादेनमा नेपाली चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याणडले नेपाली चलचित्र छक्का पन्जा ४ स्विट्जरल्याण्डको  बादेनमा प्रदर्शनको तयारी गरेको हो।

स्थान Oelrainstrasse 21, 5400 Baden मा चलचित्र प्रदर्शन हुने, दिनको १४:३० देखि अपेरो खुला गरिने, १६:०० बजे चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने र प्रवेश शुल्क २५ स्विस फ्रान्क रहेको आयोजकले जानकारी गराएको छ।

जानकारी अनुसार चलचित्रबाट उठेको बचत रकम गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले One NCC One Project अन्तर्गत स्कूल भवन निर्माणका लागी कैलालीमा आर्थिक सहयोग गरिने छ।

बाकी जानकारीको लागि विजया भट्ट ०७८ ६५६ ६६ ३१ र शुभ एल्मर लामा ०७९ ८३२ ७५ ७७ हरु लाई सम्पर्क गर्न सकिने छ।

दिपकराज गिरीको कथा, हेमराज बीसीले निर्देशन गरेको चलचित्र छक्का पन्जा ४ मा दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारहरुले अभिनय गरेको छ।

Previous articleनेपाली नयाँ बर्ष कार्यक्रम जुरीखमा सम्पन्न
Next articleनेपाली समाज बासेलको आयोजनामा भलिबल प्रतियोगिता हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here