बासेल। नेपाली समाज बासेल, स्विट्जरल्याण्डको आयोजनामा यही आउदो अगष्ट ५ गते शनिवारको दिन बासेलमा भलिबल प्रतियोगिता हुने भएको छ।

भलिबल खेलाडीहरू लाई प्रोत्साहन गर्दै समाजले बासेलमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्विट्जरल्याण्डको बसेल शहरको Eisweierhütte, Erlensträsschen 90, 4125 Riehe हुने भलिबल प्रतियोगिता बिहान १०:०० बजे देखि बाहिर खुल्ला चौरमा प्रतियोगिता हुने र भलिबल खेल प्रेमीहरू लगायत स्वीस वासी नेपाली दाजु भाई तथा दीदी बहीनीहरु उपस्थीती भइ भव्यताको साथ सफल पार्न, उक्त प्रतियोगितामा सहभागी हुन बासेल समाज परीवारले अनुरोध गरेको छ। प्रतियोगिता सम्बन्धी बिस्तृत जानकारी छिट्टै अर्को सूचना प्रकाशित गरिने आयोजकले जानकारी गराएको छ।

बाकी सम्पर्कको लागी जिवन भट्टराई: 0788748586 विनोद क्षेत्री 078 228 02 02 रेशम खत्री 076 419 31 81 रेशम रोका 079 826 40 54 लाई सम्पर्क गर्नुहुन आयोजकले अनुरोधगरेको छ।

Previous articleछक्का पन्जा ४ स्विट्जरल्याण्डको बादेनमा प्रदर्शन हुने
Next articleगैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचन समितिको सूचना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here