जुरीख। नेपाली नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा १५ अप्रिल शनिवारको दिन स्विट्जरल्याण्डको जुरीख सहरमा सांगीतिक कार्यक्रम आयोजना गरि मनाएको छ।

स्वीस नेपाली समाजले आयोजना गरेको उक्त नेपाली नयाँ बर्ष कार्यक्रम लाई संगीतमय बनाउन युरोपबाट नेपाली कलाकारहरु गायक तुलसी शिवाकोटि र गायिका सुमी घिमिरेको उपस्थित रहेको थियो। गायक तुलसी शिवाकोटिको सांगीतिक प्रस्तुतिले कार्यक्रम हलको माहोल झनै तातेको थियो।

स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलको शुभकामना मन्तव्य बाट सुरु गरेको नयाँ बर्ष कार्यक्रममा नेपाली लगाएत नेपालप्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

दलबहादुर पुनको टिमले तयार गरेको नेपाली खाना, शशी शंकर यादव र कमल भट्टको कार्यक्रम हल व्यवस्थापनले उपस्थित सबैको मन जित्न सफल भएको थियो।

Previous articleइनासको युरोपस्तरीय प्रतियोगितामा १८ प्रतिस्पर्धी फाईनलमा भिड्दै
Next articleछक्का पन्जा ४ स्विट्जरल्याण्डको बादेनमा प्रदर्शन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here