बेर्न। एकसय तेह्रौ अन्तर्राष्ट्रिय नारी दिवस शनिबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ। गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले “Embrace Equity” भन्ने मूल नाराका साथ शनिबार भव्य कार्यक्रमको आयोजना गरी बेर्नमा एकसय तेह्रौ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो।

अतिथि र संघका पदाधिकारी द्वारा पानसमा बत्ति बाली उपस्थित अतिथि र संघका पदाधिकारीहरूलाई आसन ग्रहण गराई  कार्यक्रमको शुभराम्भ गरेका थिए। मन्तव्यकै क्रममा अतिथिहरूले आ-आफ्ना बिचार मन्तव्य व्यक्त गरेका थिए।

स्थानीय कलाकारहरुको नृत्य र गायनले कार्यक्रम हल संगीतमय भएको थियो।

रामोना जिमरम्यानले “हाम्रो साहारा” नामक संस्थाले नेपालमा गरेको गतिविधिहरूको बारेमा एक स्लाइड प्रस्तुत गरेकी थिइन्।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाले नेपालमा महिलाहरू लाई पुर्याएको सहयोग र नारी दिवसबारे एक स्लाइड प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमको अन्त्यमा एनआरएनए स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाले कार्यक्रम भव्यरुपमा सफल भएको भन्दै उपस्थिति नेपाली समुदायप्रति आभार प्रकट गरिन्। महिला फोरम स्विट्जरल्याण्डकी संयोजक चम्पा ज्ञवाली रुकस्टुले उपस्थिति सबैलाई मन्तव्य मार्फत धन्यवाद व्यक्त गरेकी थिइन्।

Previous articleएनआरएनए स्विजरल्याण्डद्वारा सदस्यताको लागि आवेदन खुल्ला
Next articleनेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा जुरीखमा सांगीतिक कार्यक्रम हुने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here