जुरीख। नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा जुरीखमा  सांगीतिक कार्यक्रम हुने भएको छ। यही आउँदो  १५ अप्रिल शनिवारको दिन जुरीखमा  स्वीस नेपाली समाज स्विट्जरल्याण्डले नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना गर्न लागेको हो।

नयाँ वर्ष कार्यक्रम लाई संगीतमय बनाउन युरोप बाट नेपाली कलाकारहरु गायक तुलसी शिवाकोटि र गायिका सुमी घिमिरे सापकोटा कार्यक्रममा सहभागी हुने भएका छन्।

स्थान GZ Loogarten, Salzweg 1, 8048 Zürich मा हुने नयाँ वर्ष कार्यक्रम दिनको १५:०० बजे देखी २२:०० बजे सम्म हुने र प्रवेश शुल्क ३० स्वीस फ्रान्क  रहेको आयोजकले जानकारी गराएको छ।

कार्यक्रम सम्बन्धित विस्तृत जानकारीको लागी शशी शंकर यादव ०७६ ४८३ ७७ ५८ र कमल भट्ट ०७९ ७४३ १० २४ फोनमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

Previous article११३ औ अन्तर्राष्ट्रिय महिला दिवस स्विट्जरल्याण्डमा भव्यरुपमा मनायो
Next articleइनासको युरोपस्तरीय प्रतियोगितामा १८ प्रतिस्पर्धी फाईनलमा भिड्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here