बेर्न। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले २०२३-२०२५ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ। सदस्यता दर्ता प्रक्रिया ०७ फेब्रुअरी २०२३ देखी खुल्ला गरिएको संघले जनाएको छ।

एनआरएनएको NRNA App डाउनलोड गरि MIS System बाट हरेक सदस्यले आफ्नो विवरण भरी शुल्क ३० स्विसफ्रान्क तिरेपछि एनआरएन स्विट्जरल्याण्डको सदस्यको रूपमा आफूलाई दर्ता गर्न सक्छन्। तर, आफ्नो १ प्रति फोटो र स्विट्जरल्याण्डको हकमा एउटा फोटो भएको आफ्नो परिचय खुल्ने किसिमको प्रमाण पनि पेश गर्नु पर्नेछ।

सदस्यता दर्ता सम्बन्धी कुनै समस्या भएमा राजु अधिकारी raju.adhikari@gmail.com, शुक्र श्रेष्ठ sukrashrestha@gmail.com र पितम गुरुङ pgurung@bluewin.ch लाई सम्पर्क गर्नु हुन संघले अनुरोध गरेको छ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले ०८ जुलाई २०२३ शनिबारको दिन बेर्नमा निर्वाचन गराउने निर्णय गरेको छ।

संघ द्वार प्राप्त पत्र जस्ताको तस्तैः

Previous articleएनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११३ औं नारी दिवस मनाउने
Next article११३ औ अन्तर्राष्ट्रिय महिला दिवस स्विट्जरल्याण्डमा भव्यरुपमा मनायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here