बेर्न। गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।
“Embrace Equity” भन्ने मूल नाराका साथ यही ०४ मार्च शनिवारका दिन कान्टोन बेर्न Gemeinschaftszentrum der Kirchgemeinde Petrus, Jupiterstrasse 15, CH 3015 Bern मा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागेको हो।

नेपाली दूतावास स्विट्जरल्याण्डका लागि राजदूत मनि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा आकर्षक सांगितिक कार्यक्रम आयोजना गरी मनाउने भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका संयोजक चम्फा ज्ञावली रुकस्टुलले हार्दिक आह्वान गरेको छ।

कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण तल दिइएको छ :

Previous articleमाघे संक्रान्ति कार्यक्रम संगीतमय हुने
Next articleएनआरएनए स्विजरल्याण्डद्वारा सदस्यताको लागि आवेदन खुल्ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here