‘स्टाफ नर्सको रुपमा कार्यरत उनले सन् २०२० मा कोरोना हिरोको उपाधि पाएका थिए। स्थानीय स्तरमा चर्चा बटुलेका उनले  ग्राउबुन्डेन प्रदेशको खुर क्षेत्रबाट सांसद पदमा उम्मेदवारी दिएका हुन्। स्विट्जरल्याण्डमा  सम्भवत: नेपाली मूलको पहिलो सांसद बन्ने उनको सपना रहेको  छ।’ 

जुरिख। स्विट्जरल्याण्डको ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) नेपाली मूलका रामकुमार दासले प्रदेश सांसद पदमा उम्मेदवारी दिएका छन्। बारा जिल्लाको कलैया स्थायी घर भएका ४२ बर्षिय दासले सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी)बाट चुनावी मैदानमा उत्रिएका हुन्। तीन हप्तादेखि जारी मतदानको नजिता भने मे १५ मा सार्वजनिक हुँदैछ। अधिकांशभन्दा बढीले पोष्टलमार्फत मतदान गरिसकेका छन्। 

सन् २००८ देखि स्विट्जरल्याण्डमा बस्दै आएका उनि स्विट्जरल्याण्डको राजनीतिमा लागेर प्रदेश सांसद पदमा उम्मेदवारी दिने सम्भवत: नेपाली मुलका पहिलो ब्यक्ति हुन्। स्विट्जरल्याण्ड पुरानो संघीय मुलुक हो जहाँ २६ वटा प्रदेश (क्यान्टोन) छन् । 

त्यो मध्ये एक ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट उनि चुनावी प्रतिस्पर्धामा छन्। नेपालमा छदा पत्रकारितामा सक्रिय बनेका उनि स्विट्जरल्याण्डमा आएपछि भने स्टाफ नर्स अध्ययन गर्दै त्यही पेशालाई अपनाए।स्विट्जरल्याण्डमा एक छोरा एक छोरी र श्रीमतीको साथमा बस्दै आइरहेका छन्।

आफ्नो पेशाले नै राजनीतिमा उभ्यायो :

‘स्विट्जरल्याण्ड भित्रिएको सुरुवाती दिनदेखि नै मैले भाषामा ध्यान दिए।अध्ययन गरेर नै मैले यही आँफूलाई स्टाफ नर्सको रुपमा स्थापित गराए। जसले मलाई स्थानीय राजनीतिमा घुलमिल हुन समेत सहज बनायो।’ 

 चार बर्ष अघि मात्रै एसपी दलको सक्रिय सदस्य बनेका रामकुमार भन्छन् ,‘मैले आफ्नो पेशामा राम्रो काम गरेर देखाए। सन् २०२० मा खुर क्षेत्रबाट  कोराना हिरोको उपाधिबाट सम्मानित हुने मौका समेत पाए।’

‘कोरोना हिरो’ बनेका रामकुमार स्थानीय मिडियामा समेत छाए। उनलाई स्टाफ नर्सहरुको संगठित समूहमा केन्द्रिय तहमा रहेर काम गर्ने मौका मिल्यो। ‘ मेरो क्षेत्रमा १ हजार २ सय स्टाफ नर्सहरु छन्। ति मध्ये ७ जनाको कमिटी रहेको केन्द्रिय तहमा मैले काम गर्ने मौका पाएको छु।’

आँफूले स्टाफ नर्सको प्रतिनिधित्व गरिराखेकाले स्वास्थ्यकर्मीहरुको मत पाउने उनको दावी छ। ‘जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि स्वास्थ्यकर्मीहरुको ठुलो जमातले मलाई मतदान गर्नेमा म विश्वस्त छु।मैले उहाँहरुकै मुद्वालाई केन्द्रित गरेको छु।’ रामकुमारले भने। 

स्वास्थ्यकर्मी माँझ लोकप्रिय बनेका कारणले पनि  सोसल डेमोक्रयाटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपे)ले आँफूलाई उम्मेदवारको रुपमा खडा गरेको उनि बताउँछन्। 

मतदानमा सहभागिता न्यून 

‘विगतको उदाहरण हेर्ने हो भने हाम्रो क्षेत्रमा ६० देखि ६२ प्रतिशत मानिसहरुले मात्रै चुनावमा भाग लिदै आएको उदाहरण छ। अहिले पनि सर्वेक्षणले त्यही नै देखाएको छ।’ प्रदेश सांसदका उम्मेदवार रामकुमार भन्छन्, ‘ खुर क्षेत्रमा ४० हजार जनसंख्या रहेको छ। त्यसमा ३२ हजार जति मतदाताछन्। मत खस्ने त्यही ६० देखि ६२ प्रतिशत मात्रै नै हो। बाँकीले मतलव गर्दैनन्।’ 

‘खुर क्षेत्रमा २१ वटा सिट छन्। गत निर्वाचनमा मेरो पार्टीले ९ वटा सिट जितेको थियो। तर अहिले सर्वेक्षण अनुसार हाम्रो पार्टीबाट १३ जनासम्म आउँन सक्ने सम्भावना रहेको छ। पार्टीको छनोट प्रक्रियामा २१ मध्ये म अहिले १३ नम्बरमा परेको छु।’ रामकुमारके थपे   ‘चुनाव जितेका सांसदहरु उमेर हदवन्दीका कारण बिचैमा अवकाश लिएपछि वेटीङ्ग लिष्टमा रहेका अन्य उम्मेदवारहरुलाई पनि मौका दिईन्छ।त्यसमा पनि मेरो नाम अग्रस्थानमै छ।’

स्विट्जरल्याण्डमा विभिन्न प्रदेशमा (क्यान्टोनमा) फरक-फरक निर्वाचन प्रक्रिया रहेको छ।ग्राउबुन्डेन प्रदेशको निर्वाचन प्रक्रिया अनुसार  खुर क्षेत्रबाट प्रत्यासी कुनै पनि उम्मेदवार प्रत्यक्ष वा समानुपातिक निर्वाचन प्रणाली अनुसार चुनिन सक्ने प्रावधान रहेको छ।

विदेशी मूलका स्विस नागरिकहरुको संख्या सो क्षेत्रमा  ७ हजार रहेको उनले बताए। ‘आप्रवासन प्रक्रियाबाट स्विस नागरिक बन्नेहरुको संख्या पनि  यो क्षेत्रमा ठुलो रहेको छ।  मेरो उम्मेदवारीले त्यस्ता मतदाताहरुको पनि प्रतिनिधित्व गरेको छ।’रामकुमारले भने। 

निर्वाचनको आचारसंहिता पालना गर्नुपर्छ:

तोकिएको चुनावी खर्चभन्दा बढी खर्च गर्ने परम्परा स्विट्जरल्याण्ड नरहेको उनि बताउँछन्। ‘सबै राजनीतिक दलदेखि उम्मेदवारहरुले  निर्वाचनको आचारसंहिता पालाना गर्नुपर्छ। व्यक्तिगत रुपमा  १५ सय स्विस फ्रान्कभन्दा बढी रकम खर्च गर्न पाईदैन।’ उनले भने ‘ निर्वाचनको आचारसंहितामा रहेर हाम्रो पार्टीले पनि सबै उम्मेदवारहरुका लागि केहि रकम उपलब्ध गराएको हुन्छ।’

‘निर्वाचनको आचारसंहिता पालना गर्न दिएको निर्देशन कुनै पनि उम्मेदवारले उल्लंघन गरेमा कडा कारवाही हुने हुँदा त्यो बारेमा सबै सचेत हुन्छौ।’ रामकुमारले बताए। 

प्रदेश सांसद बने पनि  पेशा उही :

‘यदी प्रदेश सांसद बनिहालेछु भने पनि जीवनमा खासै ठुलै परिवर्तन हुने केहि पनि होईन। नेपालमा जस्तै सांसद बनेपछि लौ ठुलो मान्छे बनियो भन्ने यहाँ केहि हुँदैन।’ उनले भने ‘ सांसदको हिसावले केहि बैठकहरुमा उपस्थित हुनुपर्छ। त्यो बाहेक मुख्य काम त आफ्नो पेशामा नै आवद्व रहनुपर्छ।’

तपाई सांसद बन्नुभयो आर्थिक रुपमा भत्ता सेवा सुविधा के छ ? भन्ने जिज्ञासामा  उनले भने, ‘प्रत्येक तीन।-तीन महिनामा। बर्षको चार पटक संसदको बैठक चल्छ। प्रत्येक पटक संसद चल्दा बैठक पाँचदिनसम्म मात्रै  हुन्छ। प्रत्येक दिनको  ४ सय स्विस फ्रान्क बाहेक अरु केहि पाईदैन। कुनै पनि तलव पनि हुँदैन।’ 

‘हाम्रो प्रदेशमा १२० जना सांसद चुनिएका जान्छन्। सबैको आ -आफ्नै काम हुन्छ। सरकारी तलव भत्तामा कसैको पनि ध्यान जादैन।’ उनले थपे, ‘नर्सको काम गर्दा मैले दैनिकरुपमा २ सय ८५ स्विसफ्रान्क कमाउँछु। भत्ता आउने ४ सय नै हो। त्यो पनि बैठक दैनिक चल्ने हो र?’

‘प्रदेशको सांसद बनेर आर्थिक लाभ उठाउँछु भन्ने मानसिकता सम्भवत: कसैको पनि हुँदैन।’ रामकुमार भन्छन्, ‘ संसदीय विभागका जिम्मवारी पाएको खण्डमा उसले दिने समयको आधारमा मात्रै तलव सुविधाको व्यवस्था हुन्छ।’

प्रत्येक  संयन्त्रमा काम गर्ने कर्मचारी रहेको बताउदै उनले  सासंदले  आफ्नो नीतिलाई सहि दिशा कोर्न भूमिका खेल्ने बताए। 

उनले आँफू सांसद जितेपछि संसदको आप्रवासन र स्वास्थ्य विभागमा काम गर्ने आफ्नो योजना रहेको बताउँछन्  ‘ सांसद बनेछु भने विभागमा  मैले २० प्रतिशत काम गर्छु। बाँकी ८० प्रतिशत त मेरो आफ्नै नर्सिङ् पेशामानै लगाउँछु।  शारीरिक अपांगता भएका ब्यक्तिको साहारा बन्नु नै मेरो दिनचर्या छ। त्यसैमा समय बिताउँनेछु।

Previous articleस्विट्जरल्याण्डको मुल्यहोर्नमा डा. महावीर पुन संग अन्तरक्रिया कार्यक्रम हुने
Next articleमुल्यहोर्नमा डा. महावीर पुन संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here