जुरीख। यही आउदो ८ मे आईतबारको दिन स्विट्जरल्याण्डको मुल्यहोर्नमा डा. महावीर पुन संग अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

युरोप भ्रमणमा रहेका पुन संग राष्ट्रिय आविष्कार केन्द्रको आविष्कार, अनुसन्धान, काम र केन्द्रको अवधारणाबारे जानकारी र राष्ट्रिय आविष्कार केन्द्रको लागि आर्थिक सहयोग जुटाउन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो।

Protestant Church, 8874 Mühlehorn मा हुने अन्तरक्रिया कार्यक्रम दिनको १६:०० बजे देखि १८:०० बजे सम्म हुने संघले जनाएको छ।

राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्नु चाहनु हुने महानुभावहरूले उक्त कार्यक्रममा उपस्थित भइ वा संघको बैंक खातामा सहयोग रकम पठाई सहयोग गर्न सकिने संघले जनाएको छ।

डा. महावीर पुन

वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्‍जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–८ नाङ्नीमा जन्मिएका हुन् ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनले विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका छन्। राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका पुन ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा लगायत क्षेत्रमा नयाँनयाँ कार्य गर्दै आएका छन्। उनले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मानहरु पाएका छन् ।

अन्तरक्रिया कार्यक्रमको बिस्तृत जानकारीः

Previous articleएनआरएनए स्विट्जरल्याण्डको आयोजनामा भलिबल प्रतियोगिता हुने।
Next articleकोरोना हिरोले चिनिएका राम दास स्विट्जरल्याण्डको चुनावी मैदानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here