बासेल। गैरआवासीय नेपाली संघ, स्विट्जरल्याण्डको आयोजनामा यही आउदो जुन ११ गते शनिवारको दिन बासेलमा भलिबल प्रतियोगिता हुने भएको छ।

भलिबल खेलाडीहरू लाई प्रोत्साहन गर्दै संघले बासेलमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्विट्जरल्याण्डको बसेल शहरको Isweiherhütte, Erlensträsschen 90, 4125 Riehe हुने भलिबल प्रतियोगिता बिहान १०:०० बजे देखि सुरु हुने र मौसम अनुसार हल भित्र वा बाहिर खुल्ला चौरमा प्रतियोगिता हुने संघले जानकारी गराएको छ।

भलिबल खेल प्रेमीहरू लाई उक्त प्रतियोगितामा सहभागी हुन संघले अनुरोध गरेको छ। प्रतियोगिता सम्बन्धी बिस्तृत जानकारी छिट्टै अर्को सूचना प्रकाशित गरिने संघले जनाएको छ।

Previous articleस्विट्जरल्याण्डमा ११२ औ अन्तराष्ट्रिय महिला दिवस मनाईयो
Next articleस्विट्जरल्याण्डको मुल्यहोर्नमा डा. महावीर पुन संग अन्तरक्रिया कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here