जुरिच। एनआरएनए स्वीट्जरल्याण्डले एङगेलबर्ग (Engelberg) मा हाइकिङ गर्ने कार्यक्रम तय गरेको छ। अक्टोबर २ शनिवार पारिवारिक रुपमा मनोरन्जनका लागि कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ। संघकी अध्यक्ष शुभ एल्मर लामाले करिव दुई घण्टासम्म पैदलयात्रा हुने जानकारी दिईन्। उनले भनिन्, ‘लामो सययदेखि कोरोनाको कहरले स्विसबासी नेपालीहरुबीच जमघट हुन सकेको छैन। त्यसैले ‘हाइकिङको आयोजना गरेका हौ।’ केवलकार देखि लेकको रमाईलो दृश्यसँग मन साट्दै मनोरन्जन प्रदान हुने बिश्वास अध्यक्ष लामाले लिएकी छिन्।

उनले बालबालिकासहित उपस्थित हुन पनि अभिभावकलाई अनुरोध गरिन्। ‘बालबालिकाहरुले रमाइलो भयो भन्दै संघको याद गरुन्। एनआरएनएप्रति सानैदेखि उनीहरुको चासो जागोस् भनेर पनि यस्ता कार्यक्रमहरु राखेका हौ।’ लामाले भनिन्।

कार्यक्रमबारे थप बिबरण :

Family-Hiking-in-Engelberg-2nd-October-2021-organized-by-NRNA-Switzerland PDF

 

Previous articleस्विट्जरल्याण्डमा पनि तीज मनाईयो
Next articleस्विसबासी नेपालीहरु हाइकिङमा मस्त (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here