जुरिच। ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोही केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाईरहे। हामी अभिभावकहरुले पनि असाध्यै मनोरन्जन लियौं।पोखरीको छेउछाउमा खालि खुट्टाले हिडेर न्याचुरल थेरापी गर्दाको मज्जा नै बेग्लै। गोबरमा,माटोमा,चिसो पानीमा हिड्दाजस्तो आनन्द सायदै  होला। ठ्याक्कै नेपालकै झल्को मेट्यौ।’ स्वीट्जरल्याण्ड निवासी डा. राजु अधिकारीले एङगेलबर्गमा हाइकिङ गर्दाको आफ्नो अनुभव सुनाए।

 

एनआरएनए स्वीट्जरल्याण्डले शनिवार पारिवारिक रुपमा मनोरन्जनका लागि आयोजना गरेको हाइकिङमा ५० भन्दा बढी सहभागीहरु थिए। कोराना कहरपछिको रमाईलो भेटघाट र खुलेको मौसममा सहभागीहरु निकै खुशी देखिन्थे।

 

अझ त्यो भन्दा पनि बढी खुशी थिईन् एनआरएनए स्वीट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामा। ‘कार्यक्रम निकै रमाईलो भयो। २-३ घण्टाको पैदलयात्रासहित कोहि माथिसम्म हिडेर आयौं। कोहि लिफ्टमा आयौं। अझ बालबालिकाहरु रमाएको देख्दा भित्रबाट नै सन्तुष्टि मिलेको छ।’ लामाले थपिन्।

 

उनले बालबालिकासहित उपस्थित भई अभिभावकहरुले नेपाली समाजबीचको एकताको सन्देश दिएको बताईन्।  ‘एनआरएनएप्रति सानैदेखि उनीहरुको चासो जागोस् भनेर नै यस्ता कार्यक्रमहरु आयोजना गरेका हौ।’ अध्यक्ष लामाले भनिन्।

स्विसका सबै ठाउँहरुबाट नेपालीहरुको सहभागिता रहेको एनआरएनका पूर्व अध्यक्ष भूमिराज गुरुङले बताए। ‘ विशेष मौसमले पनि एकदमै साथ दियो। सहभागीहरुको मुहारमा खुशी देखिन्छ। लामोसमयपछि समुदायमा साथीभाईहरुबीच भेटघाट पनि भयो।’ गुरुङले भने।

 

केवलकार देखि लेकको रमाईलो दृश्यसँग मन साट्दै रमाईलो गरेको अर्का एक सहभागि राम महतोले सुनाए। सहभागीहरु हाइकिङसँगै मिठा मिठा खानाका परिकारमा पनि रमाएका थिए।

 

Previous articleअक्टोबर २ मा स्वीट्जरल्याण्डमा हाइकिङ
Next articleस्विट्जरल्याण्डमा घरघरमा देउसी -भैलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here