जुरीख। नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डले पाँचौ महाधिवेशन स्थगित गरेको छ। समितिको पाँचौ अधिवेशन २९ अगष्टका लागि तय भएको थियो।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले एक पत्र लेख्दै समितिको अधिवेशनको लागि विभागले तोकेको कृयाशिल सदस्यता पुर्याइ अधिवेशन गर्न अनुरोध गरे पछि अधिवेशन स्थगन गरेको नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष श्याम सापकोटाले जानकारी दिए।

पाँचौ महाधिवेशको अर्को मिति समितिमा छलफल गरेर तय गरिने सापकोटाले जनाए।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको पत्र।

Previous articleनाटली बस्नेत अस्ताईन्, स्विसबासी नेपाली समुदाय शोकमा
Next articleस्विट्जरल्याण्डमा पनि तीज मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here