जुरिच। नेपालको रामेछाप जिल्ला घर उमाकुण्ड गाउँपालीका रोसी स्थायी घरभई दुई दशक देखी स्विट्जरल्याण्डको क्रोईजलिन्गेनमा बस्दै आएका प्रदिप बस्नेतलाई पत्नी शोक परेको छ।

उनकी ३३ बर्षिय श्रीमती नाटली बस्नेतको सोमबार बेलुकी उपचारको क्रममा मुस्टरलिङगेन हस्पिटलमा निधन भएको हो । नाटली सन् २०१९ देखी नै क्यान्सर रोगसंग लड्दै आएकी थिईन। उनको निधनले स्विसबासी नेपाली समुदाय शोकमग्न बनेको छ।

नाटलीको निधनसँगै उनका ५ जना सन्तान पनि टुहुरा बनेका छन्। जेठी छोरी १० बर्षको भईन् भने छोराहरु ७, ६ र ३ बर्षका छन् । सबै भन्दा कान्छि छोरी मात्रै १८ महिनाकी भईन्।

यही आउदो ३० सेप्टेम्बरमा उनिहरु बैबाहिक जीवनको १० औ बर्षगाँठ थियो । उक्त दिन नाटलीलाई दुलही बनेर सजिने ठुलो ईच्छा थियो तर त्यो अधुरै रह्यो।

पत्नी बियोगमा परेका बस्नेतले भाबुक हुदै भने, ‘दिनहुँ आमाकोबारे छोरीछोरीले पटकपटक सोधिरहदा जसोतसो आँफुलाई सम्हालेको छु। उनिहरुको भविश्य मेरो काँधमा छ बाउआमाकै अभाव हुन दिने छैन।’

नाटलीको अन्तिम संस्कार आउँदो मंगलबार दिनको १४:०० बजे कान्टोन थुर्गाउको क्रोईजलिन्गेनमा चेन्ट्राले फ्रिदहोफमा हुने पारिवारिक स्रोतले जनाएको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको आयोजनामा तीजको लहर आयो बरिलै
Next articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डलको पाँचौ महाधिवेशन स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here