गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालिका तीज कार्यक्रम आउँदो सेप्टेम्बर ०५ तारिख आइतबार कान्टोन आर्गाउको स्टाउफेनमा भव्य आयोजना गरिदैं छ।

महिलाहरूको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज कार्यक्रमको आयोजना गरेको हो। संघले विदेशमा रहेका दिदी बहिनीहरूलाई एकै ठाउँमा जम्मा गराई तीज कार्यक्रम गराउँदै आएको छ। नेपाली दिदी बहिनीहरू र दाजुभाइहरू लाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कोरोना महामारीको यस समयमा कार्यक्रम हल भित्र मास्क अनिवार्य गर्दै दिउँसो १३:३० बजे देखि सुरु हुने कार्यक्रमका लागि प्रवेश शुल्क २५ स्वीस फ्रान्क शुल्क तोकिएको छ। खान पिनको समेत व्यवस्था रहेको उक्त कार्यक्रममा सहभागी बनी कार्यक्रम सफल पार्न संघले नेपाली समुदायलाई अनुरोध गरेको छ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीज भाद्र शुक्ल तृतीया देखि पञ्चमीसम्म मनाइदै आएको विशेष पौराणिक महत्व छ। यो पर्वमा विवाहित र अविवाहित महिलाहरूले आ-आफ्नो मनोकामना पूरा होस भनी ब्रत बस्ने गर्छन्।

Previous articleदयानिधि सापकोटाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने
Next articleनाटली बस्नेत अस्ताईन्, स्विसबासी नेपाली समुदाय शोकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here