जुरीच। यही जुलाई ३१ तारिख शनिबारको दिन  जुरीच नेपाल स्पोर्ट क्लबको आयोजनामा जुरीचमा भएको डबल र सिङगल टेबल टेनिस प्रतियोगितामा बासेल टिमका प्रविन थापा र सन्तोष राई च्याम्पियन बनेका छन्।

डबल प्रतियोगितामा बासेल टिमका प्रविन थापा र सन्तोष राईको जोडीले बिकास गुरुङ (बेर्न) र आशिष परियार (जुरीच) को जोडीलाई ३-० ले फाईनलमा पराजित गर्दै थापा र राई उक्त प्रतियोगिताका च्याम्पियन बनेका हुन्।

सिङगल प्रतियोगितामा बासेल टिमका प्रविन थापाले सन्तोष राईलाई ३-१ ले पराजित गर्दै थापा सिङगल प्रतियोगिताका पनि च्याम्पियन बने।

सिङगल प्रतियोगितामा २० खेलाडी र डबल प्रतियोगितामा ८ टिमले सहभागी जनाएको थियो।

विजयी खेलाडीहरू लाई आयोजकले नगद, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरेको थियो।

कोरोना महामारीको यस समयमा पनि “खेल नै स्वास्थ्यको धन हो” भन्ने मूल नाराका साथ जुरीच नेपाल स्पोर्ट्स क्लबले पहिलो पटक टेबल टेनिस प्रतियोगिता आयोजना गरेको हो।

“जुरिच नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले खेलकुद तथा बिभिन्न सामाजिक कार्यक्रम नेपाल तथा स्वीसमा गर्दै आएको कुरा सर्बबिदितै छ। त्यस्तै प्रकारले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिदै जाने स्वीस नेपालीबासीहरुको चाहनालाई मध्यनजर राख्दै जाने छौ। आज जुरीचमा “प्रथम पिङ्पोङ (Table Tennis) प्रतियोगिता २०२१” को आयोजना सप्पन्न भएको छ। सम्पुर्ण स्वीस नेपाली बासीहरु प्रति पूर्ण रुपमा समर्पित रहेर आयोजना गरिएको “प्रथम पिङ्पोङ (Table Tennis ) प्रतियोगिता २०२१” जुलाइ ३१ तारिक शनिबारको दिन जुरीच नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले खेल भब्य रुपमा सम्पन्न गरेको जानकारी गराउन चाहन्छौ। सम्पुर्ण ठाउँ बाट खेलमा सहभागी हुने सम्पुर्ण साथिहरुलाई धन्यवाद प्रदान गर्दै तथा आ-आफ्नो क्षेत्र बाट उपस्थिति भै हाम्रो कार्यक्रममा सहभागीता जनाउने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी हरुलाइ कार्यक्रममा सहभागी जनाइ हाम्रो क्लबलाई हौसला प्रदान गरेकोमा हामी हृदय देखिनै आभारी छौ र हृदय देखिनै धन्यवाद दिन चाहन्छौ।” भन्दै जुरीच नेपाल स्पोर्ट क्लबले धन्यवाद ज्ञापन गरेको छ।

Previous articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको महाधिवेशन २९ अगष्टमा
Next articleएनआरएनए स्विट्जरल्याण्डको बैठक सम्पन्न चार सदस्य मनोनीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here