जुरीच। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको यन्टबाडेनमा ०७ अगष्ट शनिवारको दिन बसेको बैठकले एक वर्षको लागि कार्यतालिका तय गर्दै विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ।

२०२१-२०२३ का लागि नव निर्वाचित शुभ एल्मर लामाको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले सदस्य पदमा चार जनालाई मनोनीत गरेको छ।

जमुना भट्टराई (मुना) बासेल, दुर्गा तामाङ जेनेभा, आशीष परियार उइन्टरथुर र फुटुनडुप लामा जुरीच हरु लाई संघको सदस्य पदमा उक्त बैठकले मनोनीत गरेको हो।

सोही दिन बसेको संघको बैठकले ५ सेप्टेम्बर आइतवारको दिन कान्टोन आरगाउको स्टाउफेनमा तीज कार्यक्रम गर्ने निर्णय गरेको छ।

Previous articleप्रविन थापा र सन्तोष राई बने जुरीच नेपाल स्पोर्ट क्लब टेबल टेनिस प्रतियोगिताका च्याम्पियन
Next articleदयानिधि सापकोटाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here