जुरीख। नेपाली कांग्रेसको भातृ संगठनको रूपमा रहेको नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डले यही आउँदो २९ अगष्टमा पाँचौ महाधिवेशन गर्ने भएको छ।

स्विट्जरल्याण्डको ओल्टेन शहरमा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष श्याम सापकोटाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिको महाधिवेशनको तयारीको लागि क्रियाशिल सदस्यता वितरण गर्ने र सदस्यताको लागि ३५ स्वीस फ्रयान्क तोकेको छ।

निर्वाचन समितिको संयोजक बिष्णु थापा लाई तोक्दै समितिको महाधिवेशनको लागि स्थान समय र विस्तृत जानकारीका लागि अर्को सूचना प्रकाशित गर्ने समितिले जनाएको छ।

Previous articleजुरीक नेपाल स्पोर्टस क्लबको आयोजनामा टेबल टेनिस प्रतियोगिता हुने।
Next articleप्रविन थापा र सन्तोष राई बने जुरीच नेपाल स्पोर्ट क्लब टेबल टेनिस प्रतियोगिताका च्याम्पियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here