जुरीक। जुरीक नेपाल स्पोर्टस क्लबको आयोजनामा यही आउँदो जुलाई ३१ तारिख जुरीक शहरमा टेबल टेनिस प्रतियोगिता हुने भएको छ।

कोरोना महामारीको यस समयमा पनि “खेल नै स्वास्थ्यको धन हो” भन्ने मूल नाराका साथ जुरीक नेपाल स्पोर्ट्स क्लबले पहिलो पटक टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागेको हो।

यस प्रतियोगितामा सिङ्गल र डबल खेल खेलाइने भएको छ। डबलमा प्रथम हुने लाइ २०० स्वीस फ्रान्क र दोस्रो हुनेलाइ १०० स्विस फ्रान्क र सिङ्गल तर्फ प्रथम हुनेलाई २०० स्वीस फ्रान्क र दोस्रो हुनेलाइ १०० स्विस फ्रान्क नगदसहित ट्रफी र प्रमाण-पत्र पुरस्कार रहेको आयोजकले जानकारी गराएको छ।

यस प्रतियोगितामा सम्पूर्ण स्वीसवासी नेपालीहरू लाई सहभागी भई दिनु हुन जुरीक नेपाली स्पोर्ट्स क्लबले अनुरोध गर्दै साथमा साधारण पिउने र खानेको पनि व्यवस्थापन गरेको जानकारी गराएको छ।

प्रतियोगिता सम्बन्धी नियमहरू :

१-खेल प्रतियोगिता गोलापर्था द्वारा खेलाइने छ।
२- खेल सम्बन्धी नियमहरू आयोजकले नै गर्नेछ तर केही परिवर्तन गर्नु परेमा अन्य खेलाडीहरू सँग पनि परामर्श गरिने छ।
३- खेल प्रचलित नियम अनुसार खेलाइने छ।
४- खेल नकाउट सिस्टममा खेलाइने छ तर दुबै खेलमा फाइनल भने वेस्टब ५ खेलाइने छ।
५- खेलमा कुनै किसिमको वाद-विवाद भएमा रेफ्री र आयोजक कमिटीको निर्णय मान्य हुनेछ ।
६- खेल बिहान १० बजे देखि शुरु हुनेछ ।
७ – खेलमा सहभागीता जनाउनु हुने इच्छुक खेलाडी साथीहरुले ५ दिन अगाबै दर्ता गराउनु पर्ने हुन्छ साथै अन्य पाल्नुहुने पाहुनाहरुले पनि अगाबै दर्ता गर्नु पर्ने छ किनकी कोरोनाको महामारीले गर्दा यस्तो नियम राख्न बाध्य भएको जानकारी गराउदछौँ।
८- दर्ता शुल्क सिङ्गललाइ स्वीस फ्रान्क १५।- र डबल लाई स्वीस फ्रान्क ३०।- लाग्ने छ।

बाकी सम्पर्कको लागिः

लोकेन राना मगर
०७६४५४६७६२

miruwana@gmail.com

देब राई

०७८९०४४५५५
devswiss@gmail.com

Previous articleशेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ
Next articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको महाधिवेशन २९ अगष्टमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here