प्रवासी नेपाली एकता मञ्च स्विट्जरल्याण्डले एक प्रेस-विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको सर्वोच्च को आदेश को स्वागत गर्दै मञ्चका अध्यक्ष अचुत प्रसाद फुयाल र सचिव धर्म गुरुङ द्वारा जारी विज्ञप्तिमा ओली सरकारले गरेको प्रतिगमनको विरुद्धमा आवाज उठाउने सबैलाई हार्दिक धन्यवाद समेत दिएको छ।

बिज्ञप्ति जस्ताको तस्तै:

प्रबासि नेपालि एकता मन्च स्विटजरल्याण्ड को बधाइ तथा शुभकामना सन्देश नेपालि जनताले ७० बर्ष देखि लडेर ल्याएको गणतन्त्र र जनता द्वारा लेखिएको सम्बिधान लाइ नै समाप्त पार्ने गरि प्रधानमन्त्रि केपि ओलि द्वारा हताठ रुपमा गरिएको प्रतिनिधि शभा बिघटन लाइ आज सर्बोच्च अदालत ले बदर गरिदिएको छ। सर्बोच्च अदालत को उक्त निर्णयको प्रबासि नेपालि एकता मन्च स्विट्जरल्याण्ड हार्दिक स्वागत गर्दछ। प्रतिगमनका बिरुद्द, सम्विधान र बिधि को शासन को लागि आवाज बुलुन्द गर्ने सम्पुर्ण जनता,राजनितिक पार्टि,लेखक,पत्रकार,बुद्दिजिबि,कलाकार,नागरिक समाज लगाएत सबैलाइ हार्दिक धन्यबाद सहित हार्दिक बधाइ दिन चाहन्छौ। यस्तो असम्बैधानिक र प्रतिगमनकारि काम गर्ने प्रधानमन्त्रिले नैतिकताको आधारमा सरकारबाट तुरुन्त राजिनामा दिन पनि हामि जोडदार माग गर्दछौ । प्रबासि नेपालि एकता मन्च स्विटजरल्याण्ड प्रधानमन्त्रिले चालेको उक्त प्रतिगामि कदमको बिरोध गर्दै आएको थियो ।

अचुत प्रसाद फुयाल अध्यक्ष धर्म गुरुङ सचिब प्रबासि नेपालि एकता मन्च स्विटजरल्याण्ड २३ फेब्रुवरि २०२१

Previous articleतोकिएकै समयमा निर्वाचन हुने प्रधानमन्त्री ओली काे भनाई 
Next articleस्विट्जरल्याण्डबाट मिर्गौला रोगबाट पीडित तामाङलाई सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here