जुरिख। आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी मिर्गौलाको रोगबाट पीडित भुवन तामाङलाई स्विट्जरल्याण्डबाट सहयोग प्राप्त भएको छ।

आर्थिक अवस्था समेत कमजोर भएका दीर्घकालीन मिर्गौलाको रोगबाट पीडित तामाङलाई स्विसबाट १ लाख ४२ हजार ४ सय ८३ रुपैयाँ सहयोग पुगेको हो। स्विसबासी नेपालीहरुबाट तामाङ्को सहयोगार्थ १ हजार १ सय ३० स्वीस फ्रान्क संकलन गरेका थिए।

तनहुँको आँबुखैरेनी – ३ निवासी तनकुमार श्रेष्ठको बिशेष अनुरोधमा उक्त रकम संकलन भएको हो। श्रेष्ठले संकलित रकम पिडित तामाङलाई हस्तान्तरण समेत गरेका छन्।

तामाङ पेशाले सवारी चालक हुन्। तर उपाचारका लागि अस्पताल आवातजावतमा समेत रकम अपुग भएपछि उनले आर्थिक सहयोगको आह्ववान गरेका थिए।

Previous articleप्रवासी नेपाली एकता मञ्च स्विट्जरल्याण्डको प्रेस-विज्ञप्ति
Next articleओलीका दुई विकल्प: राजीनामा वा अविश्वासको सामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here