फ्रान्स – फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको बिबिसिले जनाइएको छ। घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

प्रहरीले गोली हानेर संदिग्ध हमलाकारीलाई नियन्त्रणमा लिएको विवरण प्राप्त भएको छ जसलाई अहिले अस्पताल पुर्‍याइएको छ।

सो शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले त्यसलाई “आतङ्कवादी हमला” भनेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै मेयर एस्ट्रोजफीले संदिग्ध हमलाकारीले “घटनास्थलमा बारम्बार अल्लाह हु अकबर (ईश्वर महान् छन्)” भनेको बताएका थिए।

फ्रान्सका आन्तरिक मामिलामन्त्रीले घटना भएको ठाउँतिर नजान मानिसहरूलाई अपील गरेका छन्।

त्यहाँको संसद्‍मा एक मिनेटको मौन धारण गरिएको छ जहाँ प्रधानमन्त्री जँ क्यासटेक्सले बिहीवार रातीबाट कार्‍यान्वयनमा आउने लकडाउनका उपायबारे जानकारी गराइरहेका थिए।

Previous articleकोरोना ब्रिफिङ अबदेखि हप्तामा दुई दिनमात्र गरिने
Next articleयुरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here