स्पेन – युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा बढेकाे छ । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताइन् ।

कै दिनमा ३२० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक सङ्ख्या बनेको छ। अहिलेसम्म त्यहाँ कोभिडका कारण २६,५८९ जनाको मृत्यु भइसकेको छ।

इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्।

मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।

अमेरिका, भारत, ब्राजिलपछि कोभिड-१९ का धेरै सङ्क्रमित रुसमा रहेका छन्। 

इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२,००० नयाँ सङ्क्रमित देखिएको छ। अधिकारीहरूले परीक्षणलाई बढाइएको बताएका छन्।

बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ।

Previous articleफ्रान्समा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु
Next articleबाबुलाई छोराको चौरासी पूजा गराउने साैभाग्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here