काठमाणडाै – नेपालमा थप १ हजार ९ सय ५४ मा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४८ स्वाव परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ पुगेको छ। पछिल्लो २४ घण्टामा १९५४ जना नै निको भएका छन

हालसम्म नेपालमा १ लाख ६२ हजार ३५४ जनालाई कोरोना संक्रमण भएको र १ लाख २१ हजार ८२४ जना निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा प्रसारण हुने कोरोना ब्रिफिङ अबदेखि हप्तामा दुई दिनमात्र गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङकै क्रममा हप्ताको दुई दिन आइतबार र बुधबारमात्रै पहिलाकै समयमा प्रसारण हुने जनाएका हुन्। हरेक दिन साढे ४ बजे मन्त्रालयको वेबसाइट, फेसबुक, ट्वीटर, भाइबर, स्वास्थ्य मोबाइल एप्लिकेसनलगायतबाट कोरोनासम्बन्धी जानकारी लिन भने सकिने उनले जनाएका छन्।

Previous articleकुश्माको बहुप्रतिक्षित बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चालनमा आउने
Next articleफ्रान्समा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here