पोखरा – कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएकाछन्। स्याङजा गल्याङका स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उक्त निर्वाचनमा उम्मेदवारीबाट नाम फिर्ता लिएका हुन्।

उनले नाम फिर्ता लिएसंगै १० स्वतन्त्र उम्मेदवार सहित २१ जना उम्मेदवार चुनावी मैदानमा उत्र्रिएकाछन्। आइतबार खनाल मुख्य निर्वाचन कार्यालय पोखरामा आएर निवेदन पेश गरेको हुदा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम उम्मेदवारको सुचीबाट हटाईएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ । खनालले एकल निर्णयले उम्मेदवारी दिए पनि पछि घर परिवारबाट उम्मेदवारी फिर्ता लिन आग्रह गरे अनुसार उम्मेदवारी फिर्ता लिएको प्रतिकृया दिए । धेरै उम्मेदवारीहरुको टसल हुने हुदा पनि आफुले नाम फिर्ता लिएको खनालले जनाए ।

आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा ११ वटा राजनीतिक दल सहित २१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए । कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट पुराना नेता खेमराज पौडेल, समाजबादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेकाछन्। त्यसै गरी रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली कागेंस (बि.पी) बाट चन्द्रबहादुर रानाभाट चुनावी मैदानमा रहेकाछन्। त्यस्तै स्वतन्त्रबाट दीपक रेग्मी, सुनिल भुषाल, रण बहादुर दमै, कमलजंंग कुंवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल बहादुर कोइराला चुनावी मैदामना उत्र्रिएका हुन्। अधिकांश उम्मेदवार आफ्ना नेता तथा कार्यकर्ता सहित त केही उम्मेदवार साथीभाईसंगै आफ्नो पोल्टामा मत पार्न चुनावी अभियान अन्र्तगत घर दैलो कार्यक्रममा निस्केकाछन्।

Previous articleनेपालको सीमाना नमिचिएको भारतकाे प्रष्टाेक्ती
Next articleउपनिर्वाचन २०७६ काे लागि काङ्ग्रेसद्वारा समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here