काठमाडौं – भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको जनाएको छ । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग नपरेको जनाएको हो ।

बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएका हुन् ।

उनले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको जनाएका छन् । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका छन् ।उनले भारतको नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल(भारत सीमा परिमार्जन नगरिएको जनाए । दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्ने बताएका छन् ।

Previous articleउप–निर्वाचनमा कास्कीमा १४ वटा दल सहित २५ जनाको उमेदवारी
Next articleकास्की क्षेत्र नं.२ मा २१ उम्मेदवार चुनावी मैदानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here