पोखरा – कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा कास्कीमा १४ वटा राजनीतिक दल सहित २५ जनाको उमेदवारी परेको छ । आगामी मंसिर १४ गते हुने कास्की उपनिर्वाचनमा ११ वटा स्वतन्त्र सहित २५ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।

जिल्ला निर्वाचन कार्यालय कास्कीमा आज विभिन्न बाजा गाजा सहितको हजारौंको जुलुस सहित नेकपा, कागेंस सहितका उमेदवार सहित २५ जनाले आफ्नो उमेदवारी दर्ता गराएका हुन्। कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट पुराना नेता खेमराज पौडेलले दर्ता गरे । भट्टराईको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहेकी थिइन्। त्यसै गरी पौडेलको प्रस्तावकमा कागेंस नेता देवराज चालिसे र समर्थकमा कांगेस नेता सोभियत बहादुर अधिकारी रहेका थिए ।

त्यसै गरी साझा पार्टीकी रजनी केसी, समाजबादी पार्टीका धर्मराज गुरुङ, रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, संघिय लोकतान्तिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली कागेंस (बि.पी) बाट चन्द्रबहादुर रानाभाट, राािष्ट्रय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घलेले उमेदवार दर्ता गराएका हुन् । त्यस्तै स्वतन्त्रबाट दीपक रेग्मी, सुनिल भुषाल, रण बहादुर दमै, कमलजंंग कुंवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल बहादुर कोइरालाले आफ्नो उमेदवारी दर्ता गराएका छन्।

उमेदवार दर्ता गर्नु अघि नेकपाले पार्टी कार्यालयबाट हाजारौंको सङख्यामा जुलुश प्रर्दन गर्दै उमेदवारी दर्ता गर्यो भने कांगेंसले पनि पोखरा सभागृहबाट सुरु भएको बाजागाजा सहितको हजारौं सहभागि जुलुसले उमेदवारी दर्ता गराएको हो । दुबै पार्टीका पोखराका फरक फरक ठाउँमा चुनावी सभा समेत आयोजना गरेका थिए । त्यसै गरी साना पार्टी अन्र्तगतको राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले पृथ्बीचोकमा राप्रपाको चुनावी सभालाई सम्वोधन समेत गरेको पार्टी प्रवक्ता सुर्य बाँस्तोलाले बताए ।

कास्कीमा हुने उपनिर्वाचनमा ३२ वटा मतदान स्थलहरु रहेकाछन्। ८२ वटा मतदान केन्द्र रहने भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । ११ वटा वडामा पुरुष भन्दा महिला मतदाताको सङख्या बढी रहेको छ । कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या रहेको छ । कास्की उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ जना मतदाता सङख्या रहेको छ ।

स्व.मन्त्री अधिकारीको जन्मथलोबाट भट्टराईको चुनावी अभियास सुरु

मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गरेकीछन् । आफ्नो चुनावी अभियान शुरू गर्न भरतपोखरी पुगेकी भट्टराईलाई स्थानियले स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पुरा गर्न आग्रह गरे ।

भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफु रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको जनाइन्। नेकपा पोखरा महागरपालिका वडा नं. ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौंका संख्यामा उपस्थित भरतपोखरीबासीले भट्टराईलाई निर्वाचनमा बिजयी सुनिश्चित भएको भन्दै निर्वाचनमा उम्मेदवार पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका थिए ।

यसैबिच, कागेंसले भने शुक्रबारबाट चुनावी अभियान सुरु गर्ने भएको कागेंस कास्कीका सभापति कृष्ण केसीले बताए । उनले भने “ हामीले चुवानी अभियान शुक्रबार देखि सुरु गर्दैछौं, कहाँबाट र कसरी सुरु गर्ने भन्ने बिषयमा गृहकार्य गर्दैछौं ।” त्यस्तै साझा पार्टीले कास्कीमा सवै भन्दा पहिला उमेदवारको घोषणा गरी घर दैलो कार्यक्रममा जुटेको छ ।

Previous articleभारतले प्रकाशित गरेकाे नयाँ नक्साप्रति सरकारको ध्यानाकर्षण
Next articleनेपालको सीमाना नमिचिएको भारतकाे प्रष्टाेक्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here