जुरीख। नेपालीहरूको महान् पर्व बडा दशै २०७६ को अवसरमा स्विट्जरल्याण्डमा रहेका नेपालीले सामूहिक रूपमा दशै मनाएका छन् । स्वीस नेपाली समाज र एन आर एन ए स्विटजरल्याण्डको आयोजनामा अक्टोबर ६ तारिख आइतबारको दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो।

विदेशमा भएपनि आफ्नो देशको सांस्कृतिक पर्वलाई मनाउँदै संस्कृतिको रक्षा मात्र नभएर चाडबाडको समयमा आफन्त तथा साथी भाइबाट टाढा हुँदा हुने नरमाइलो पनलाई बिर्साउन कार्यक्रमले मद्दत गरेको आयोजकको विश्वास छ। अक्टोबर ६ तारिखका दिन दिउँसो ३ बजेदेखि राती १२ बजेसम्म भएको कार्यक्रममा गायक नवराज घिमिरे र अनिष श्रेष्ठको प्रस्तुतीमा उपस्थित दर्शक रमाए। कार्यक्रम मार्फत स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्तुल र एन आर एन स्विटजरल्याण्डका अध्यक्ष शिब सुब्बाले बडादशैंको शुभकामना दिए।

कार्यक्रमको ब्यबस्थापन शुक्र श्रेष्ठ र कमल भट्टले गरेका हुन्। किचन व्यवस्थापन स्वीसमा चिरपरिचित दल पुनले गरे भने सहयोग शशि संकर यादवले गरेका थिए। यसैबिच भिजिट नेपाल २०२०को प्रचार गर्न आउँदो फेब्रुअरीमा एस एन एस र एन आर एन स्विजरल्याण्डको आयोजनामा स्नो फन कार्यक्रम गर्ने भएको एन आर एन स्विटजरल्याण्डका उपाध्यक्ष शुभा एल्मर लामा र एस एन एसका कमल भट्टले जानकारी गराए।

Previous articleएनआरएनलाई समृद्ध नेपालकालागि हातेमालो गर्न राजदूत भट्टराईको आग्रह
Next articleस्विट्जरल्याण्डबाट ग्लोबल सम्मेलनमा छनोट हुनेहरुको नामावली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here