स्विट्जरल्याण्ड। अक्टुवर १५ देखि १७ तारेखसम्म काठमाण्डौमा हुने गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ग्लोबल सम्मेलन को लागि स्विट्जरल्याण्डबाट प्रतिनिधि छनोट गरिएको छ। काठमाण्डौको होटल हायातमा हुने ग्लोबल सम्मेलनका लागि एनआरएनए स्विट्जरल्याण्डको नाम छनोट गरेको हो । अन्तराष्ट्रिय समन्वय परिषदको नियम बमोजिम हरेक राष्ट्रिय समन्वय परिषदबाट १० जना सदस्य बराबर १ जना सदस्यले अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुन र मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ ।

स्विट्जरल्याण्डबाट छनोट हुने हरुको नामावली यस प्रकार छ । १.आङछिरिङ शेर्पा २.गुणराज शर्मा ३.शिव सुवेदी ४. रामकुमार महतो ५.धर्म बहादुर गुरुङ ६.सञ्जु तामाङ गुरुङ ७.सम्झना थापा ८.प्रमोद भट्ट ९.शिव कुमार सुब्बा १०.सिमा गौतम ११. भुमिराज गुरुङ १२. धुर्ब प्रसाद भट्टराई १३.सशी शंकर यादव १४.शम्भु गुरुङ १५.फडिन्द्र पन्त १६. विदुर कुमार संग्रौला १७. निरन्ज श्रेष्ठ १८.सुजन मल्ल १९. बुद्धि बहादुर थापा २० .जंग बहादुर खड्का २१ . बिजय भट्ट २२.सुनिता सुवेदी पन्त २४. नारायण थापा २५.विनय श्रेष्ठ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको पंञ्जिकृत सदस्यहरु अहिलेसम्म १ सय ६८ जना छन् । यी सदस्य मध्ये स्विट्जरल्याण्डबाट १६ जना सदस्यले मात्र अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुन र मताधिकार प्रयोग गर्न पाउनेछन् । छनोट भएको नामावली वैकल्पिक सहितको भएको एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ ।

Previous articleस्विट्जरल्याण्डमा रहेका नेपालीले सामूहिक रूपमा दशै मनाए
Next articleएनआरएनएको कार्यालयमा ‘नेपाली पारा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here