बार्सिलोना। गैर आबासीय नेपाली संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशन बेल्जियम निबासी ब्यबसायी अर्जुन कुमार श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। सन् २०१५-२०१७ को कार्यकालमा सचिवको जिम्मेबारी निर्बाह गरिसकेका श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्। उनि आठै अन्तर्राष्ट्रिय महाधिबेशनमा महासचिव पदका प्रत्यासी समेत हुन्।

श्रेष्ठले भने,”एनआरएनए अभियानमा म निरन्तर लागिरहेको छु। आईसीसीमा रही यसअघि काम गरेको आधारमा पनि मेरो उम्मेदवारी स्वभाविक हो। अग्रजहरुको सल्लाह र सुझावमा नै मैले नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।

गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही अभियानमा लागेका श्रेष्ठले दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा रही काम गरे भने २०१३-२०१५ को कार्यकालमा उनि युरोप क्षेत्रीय संयोजक थिए।

श्रेष्ठसँगै ४ खुल्ला उपाध्यक्षपदका लागि ११ जनाले उम्मेदवारी दिने बताएका छन्। डा. बद्री केसी (रुस), हिक्मत थापा(नाइजेरिया), मन क्षेत्री (अष्ट्रेलिया), सोनाम लामा (अमेरिका), त्रिलोक गुरुङ (हङ्कङ), नरेन्द्र भाट (कतार), धर्मराज अधिकारी (अष्ट्रेलिया), किरणबिक्रम थापा (जापान) थर्क सेन (बेलायत) र रबिना थापा (अमेरिका) रहेका छन्।

११ जनाले उम्मेदवारी दावी गरेपनि आईसीसीको केन्द्रिय भूमिकामा रही काम गरेका अनुहारहरु भने उम्मेदवारको सूचीमा कम देखिएका छन्। ४ खुल्ला उपाध्यक्षपदका लागि निर्बाचन हुने हुँदा पूर्व सचिव श्रेष्ठको सम्भावना बलियो देखिएको छ।

Previous articleस्विट्जरल्याण्डमा संविधान दिवस मनाउने
Next articleएनआरएनलाई समृद्ध नेपालकालागि हातेमालो गर्न राजदूत भट्टराईको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here