जेनेभा। नेपालमा संविधान जारी भएको दिनको अवसरमा स्विट्जरल्याण्डमा “संविधान दिवस” कार्यक्रमको आयोजना गरी मनाइने भएको छ। जेनेभा स्थित नेपाली राजदूतावासको आयोजनामा सेप्टेम्बर २२ तारिखको दिन संविधान दिवस मनाउन कार्यक्रम आयोजना गरिएको हो।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराईले स्विट्जरल्याण्डमा रहेका नेपालीहरू लाई संविधान दिवस कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

कार्यक्रम १२:०० बजे देखि १६:०० बजे सम्म Maison international des association (MIA), 15 rue de savoises, 1205 Geneva मा हुनेछ। नेपालमा संविधान जारी भएको दिनको अवसर पारी देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने गरिन्छ।

Previous articleग्लोबल सम्मेलनका लागि नाम दर्ता गर्न एनआरएनए स्विट्जरल्याण्डको आग्रह
Next articleपूर्व सचिव अर्जुन कुमार श्रेष्ठले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here