गैर-आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डले कैलाली जिल्लाका अति विपन्न बादि तथा मुक्तकमैया समुदायका महिलाहरुका लागि ४५ दिने व्यूटीपार्लर तालिम सुरु गरेका छन्।

एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले आयोजना गरेको १ सय ९ औ अन्तरराष्ट्रिय महिला दिवस कार्यक्रममा विभिन्न सहयोगी दाताहरूबाट उठेको सहयोग रकमले उक्त ४५ दिने तालिमको आयोजना गरिएको हो।

प्रकाश मिश्रको संयोजकत्वमा महिला फोरम स्विट्जरल्याण्डले घोडाघोडी नगरपालिका सुखडमा सुरु गरेको तालिममा अति बिपन्न बादी तथा मुक्त कमैया समुदायका १० जना महिलाहरूलाई सुखडमा रहेको दिपा व्यूटी पार्लरमा प्रशिक्षण दिइने छ।

त्यस्तै एन आर एन ए महिला फोरम कि आइ सि सि कोर्डिनेटर रजनि प्रधानले तालिम लिइसके पछि व्यवसाय संचालनका लागि तालीम प्राप्त महिलाहरू लाइ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन्।

तालिम लीन पाउने भएपछि निकै खुसी लागेको र तालीमबाट सिकेको कुरालाई व्यवहारमा लागू गर्दै आफ्नो आर्य आर्जनमा सहजता तुल्याउने सहभागीहरूले बताएका छन्।

एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

Previous articleनेप्लिज मस्ट फलो द रुल’- स्वीस ईन्जिनियर डिक्ट्रिक एल्मर
Next articleआखिर माया त माया हो ..(रोचक कुराकानी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here